राजनीति

    Showing 3,221-3,230 of 7,540 items.
  • प्रधानमन्त्रीसहित सांसदहरूले एकसाथ ध्यान गर्ने

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसहित संघीय संसद्का दुवै सदनका सांसदहरूले एकसाथ ध्यान र योग गर्ने भएका छन् । जीवन विज्ञान प्रतिष्ठानले संसद् सचिवालयसँग मिलेर भदौ १४ गते ध्यान शिविर गर्न लागेको हो । प्रधानमन्त्री ओली प्रमुख अतिथि रहने सो कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसहित दुवै सदनका सांसदहरूको सहभागितामा ध्यान शिविर हुन लागेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा हुने सो कार्यक्रममा सहभागी हुन सांसदहरूलाई योगाभ्यास गर्न सहज हुने खुकुलो पोसाक लगाएर आउन आयोजक जीवन विज्ञान प्रतिष्ठानले आग्रह समेत गरेको छ । कार्यक्रमपछि आय

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 317 पटक पढिएको
  • टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्ने दुई जना पक्राउ

    काठमाडौं- टुँडिखेलमा सोमबार ओली र देउवाविरुद्ध नाराबाजी गर्ने दुई जना पक्राउ परेका छन् । गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नाराबाजी गर्ने दुई युवकलाई मंगलबार पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए । उनीहरुलाई चाडपर्वको कार्यक्रममा पुगेर नाराबाजी गर्दै बिथोल्न खोजेको आरोपमा पक्राउ गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत उपस्थित कार्यक्रममा युवाहरूले चर्को नाराबाजी गरेका थिए । नाराबाजीमा संलग्न अरुमाथि पनि अनुसनधान भइरहेको रजौरेले बताए । विभिन्न मिडयामा आएका भिडिओ र टुँडिखेल वरिपरिका सीसीटीभी फ

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 362 पटक पढिएको
  • सरकारलाई सच्चिनुको विकल्प छैनः सभापति लामछिाने

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारलाई सच्चिनुको विकल्प नरहेको बताएका छन् । आज संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब जे पनि चल्दैन भन्नेकुरा नेतृत्व तहलाई ज्ञात हुनुपर्ने बताए । सभापति लामिछानेले राजनीतिलाई अहिले आम नागरिकहरुले चासोका साथ हेरेको पनि बताए । ‘राजनितिलाई आम नागरिकले चासोका साथ राजनीतिलाई हेरेका छन् । राजनीतिक रुपमा हामीले हस्तक्षेप गर्न आयौँ । अब आम नागरिकले पनि हस्तक्षेप गर्न शुरु गरे भन्ने संकेत दिएको छ । जनता जागिरहेका छन्।’ लामिछानेले भने । सभापति लामिछानेले भ्रष्टाचार ढाकछोप गर्नतिर नलाग्न सरकारलाई सच

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 318 पटक पढिएको
  • ओमानका विदेशमन्त्रीद्धारा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट

    काठमाडौं- नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्री अल्बुसैदीले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटका अवसरमा दुई देशबीचको सम्बन्ध, द्धिपक्षी हित र चासोसहित पारस्परिक लाभका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल लगायत उपस्थित रहेका थिए । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा ओमानका विदेशमन्त्री

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 343 पटक पढिएको
  • प्रधानमन्त्री, मन्त्रीहरुलाई संसदीय समितिको निर्देशन : भाषण सुनेर जनता दिक्का भए, अब काममा ध्यान दिनुस्

    काठमाडौं- संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीहरुलाई भाषणमा भन्दा पनि काममा बढी ध्यान दिन निर्देशन दिएको छ ।संसदको विकास, आर्थिक मामिला तथा सुशासन समितिले आज प्रधानमन्त्री र मन्त्रीले भाषण भन्दा पनि काम गर्न आवश्यक रहेको भन्दै धेरै नबोल्न निर्देशन दिएको हो ।बैठकमा सभापति कमला पन्तले जनताले सरकारले काम गरेको हेर्न चाहेकाले प्रधानमन्त्री र मन्त्रीहरुले भाषण भन्दा काममा ध्यान दिन आग्रह गरिन् । विशेष गरी प्रधानमन्त्रीले बोल्ने कुराहरु कानून जस्तै भएकाले प्रधानमन्त्रीले बोल्दा पनि आवश्यक सतर्कता अपनाउन तथा काम गरेर देखाउन आवश्यक रहेको उनको भनाई छ । ‘प्रधानमन्त्री र मन्त्री फिल्डमा जाने

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 340 पटक पढिएको
  • लेखा समिति पाउनुपर्ने माओवादीको माग जायज : चित्रबहादुर केसी

    काठमाडौं- राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (माओवादी केन्द्र) को सार्वजनिक लेखा समिति सभापति पाउनुपर्ने माग जायज रहेको टिप्पणी गरेका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै केसीले प्रमुख प्रतिपक्ष दलको हैसियतमा माओवादी केन्द्रले सो पद माग गर्नु उचित भएको जिकिर गरे । अध्यक्ष केसीले आफ्नो पार्टीले पनि प्रतिपक्षी दलको हैसियतमा रहँदा सो पद पाएको स्मरण गराउँदै त्यो नियमको पालना गर्न सत्तारुढ दलहरुसँग आग्रह समेत गरे । यस्तै उनले सत्तामा रहँदा भ्रष्टाचारीलाई जोगाउने र सत्ताबाट बाहिरिएपछि त्यसको विरोध गर्ने परिपाटी ठूला दलहरुमा रहेकाले मुलुकमा भ्रष्टाचार बढ्द

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 325 पटक पढिएको
  • कांग्रेसमा दुई महामन्त्रीको प्रतिवेदन विवादः केन्द्रिय समिति बैठक सर्‍यो

    काठमाडौं- दुई महामन्त्रीको प्रतिवेदनमा विवाद भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सरेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा चर्को विवाद भएपछि भोली बस्ने भनिएको बैठक सारिएको हो । बैठक अब भदौ १६ गते आइतबार दिउँसो २ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति खोज्न आज सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय पूणर्बहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गरेका थिए ।महामन्त्री थापाको चुनावी गठबन्धन नगर्ने र शर्माको ‘एक्जिट पोलिसी’ प्रस्तावमाथि संस्थापन पक्षले चर्को विरोध गरिरहेका छन् ।

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 463 पटक पढिएको
  • ओलीलाई प्रचण्डको चुनौती : बक्यौता उठाउने निर्णय मन्त्रिपरिषदबाट गर्नुहोस्, आफै झाँक्री, आफै बोक्सी नबन्नू

    काठमाडौँ- प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत प्राधिकरणले उठाउन बाँकी करिब २२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्‌बाटै गर्न सरकारलाई चुनौती दिएका छन्।प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री सामाजिक सञ्जालमा प्रस्ताव गरेर होइन, क्याबिनेटबाट निर्णय गराउनुपर्ने बताए। ‘प्रधानमन्त्रीले नौ वर्षसम्म किन २१ अर्ब ८८ करोड महसुल उठाइएन भनेर पनि फेसबुकबाटै सोध्नुभएको छ। नियत सही भएको प्रधानमन्त्रीले क्याबिनेटबाट सोध्नुपर्ने हो यो प्रश्न। खासमा यो प्रश्न सोध्ने होइन, जवाफ दिनुपर्ने व्यक्ति नै प्रधानमन्त्री ओली आफैँ हो’

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 477 पटक पढिएको
  • प्रचण्डको आरोपः सरकार शक्तिको दुरुपयोगतिर अग्रसर छ

    काठमाडौं- प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकार अहंकारपूणर् ढंगले गलत बाटोतिर अग्रसर भएको टिप्पणी गरेका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै प्रचण्डले ४० दिनमा सरकारकोे नियत र गन्तव्यको अवलोकनपछि आफू यो निष्कर्षमा पुगेको बताएका हुन् । ‘सरकार अहंकारपूणर् तर गलत बाटोतिर अग्रसर छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ’, उनले भने, ‘जनता भन्दा स्वार्थ समूह अझ माफियाहरुको सेवामा छ ।’प्रचण्डले २२ अर्ब उठाउने निणर्य क्याबिनेटबाट गर्न प्रधानमन्त्रीलाई चुनौती समेत दिएका छन् । आफ्नो चाहे जस्तो निणर्य गर्न नसकेपछि प्रधानमन्त्री फेसबुकमा प्रकट भएको

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 469 पटक पढिएको
  • चितवन र पर्सा राष्ट्रिय निकुञ्जका लागि एउटै प्रवेश पासको व्यवस्था गरौंः महेश बर्तौला

    काठमाडौं- नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकहरुका लागि एउटै प्रवेश पासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले दुवै राष्ट्रिय निकुञ्जमा एउटै गेट पासबाट पर्यटकहरुलाई प्रवेश गर्न पाउने गरी आवश्यक व्यवस्था मिलाउन वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । प्रमुख सचेतक बर्तौलाले चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज मधेस प्रदेश र वागमती प्रदेशको पर्यटन प्रवद्र्धनको सबैभन्दा महत्वपूणर् क्षेत्र भएकाले यसको उचित व्यवस्था गर्ने काममा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । यी द

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 435 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा