काठमाडौं— एकैपटक ६३ जना सहायक न्यायाधिवक्ताको काज सरुवा भएको छ।
महान्यायाधिवक्ताको कार्यालयले मंगलबार ६३ जना सहायक न्यायाधिवक्ताको काज सरुवा गरेको हो ।
उनीहरूलाइ सरुवा गरी उच्च अदालत सरकारी वकिल कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र अन्य विशेष सरकारी वकिल कार्यालयहरुमा खटाइएको छ।
सरकारी वकिलको कार्यक्षमता अभिवृद्धि र प्रशासनिक आवश्यकतालाई ध्यानमा राखेर सरुवा गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।






































