राजनीति

    Showing 2,971-2,980 of 10,309 items.
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ । बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने भनिएको छ ।उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 477 पटक पढिएको
  • द ब्रिटिस कलेजले पत्रकारलाई नियन्त्रणमा राख्यो, प्रेस स्वतन्त्रतामाथि गम्भीर हमला

    काठमाडौं—  नेपाल लिड डटकमका संवाददाता समीर जोशी र क्यामेरापर्सन अमृत भट्टमाथि काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेजले दुर्व्यवहार गरेको छ। कलेजले विद्यार्थीबाट चर्को शुल्क असुल गरी दुबई कामदारको रूपमा पठाएको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारद्वयलाई कलेज प्रशासनले अवरोध गरेको हो।समाचार संकलनका क्रममा कलेजले आफ्ना सुरक्षा गार्ड परिचालन गरी पत्रकारद्वयलाई घेराबन्दीमा राखेको र कलेज परिसरबाट बाहिर निस्किनसमेत नदिएको आरोप लागेको छ। यस घटनाले स्वतन्त्र रूपमा समाचार संकलन गर्ने पत्रकारको संवैधानिक अधिकारमाथि गम्भीर हस्तक्षेप भएको नेपाल पत्रकार महासंघ स्वतन्त्र समाचार सेवाले जनाएको छ।महासंघ

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 587 पटक पढिएको
  • प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंको टोलीबीच छलफल जारी

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालका अध्यक्ष दुर्गा प्रसाईँसँग छलफल थालेकी छन्। सिंहदरवारमा बोलाएर प्रसाईँ नेतृत्वको टोलीसँग छलफल गरेकी हुन्।सरकारले सञ्चार मन्त्री जगदीश खरेलको नेतृत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरेर प्रसाईँसँग वार्ता गर्दै आइरहेको छ।यसअघि सरकारले मंसिर २२ गते पनि छलफल गरेको थियो। प्रसाईँले आन्दोलनको कार्यक्रम अघि सारेपछि प्रधानमन्त्रीले चुनावको वातावरण बनाउनको लागि वार्ताबाटै निकास निकाल्न पहल थालेकी हुन्।

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 462 पटक पढिएको
  • गृहमन्त्री अर्यालद्वारा एफएनएमआइएस प्रणालीको शुभारम्भ, निर्वाचन र सुशासनमा जोड

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार विधिको शासन स्थापित गर्दै भ्रष्टाचारमुक्त प्रशासन र सुशासन कायम गरी निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्ने तयारीमा जुटिसकेको बताएका छन् ।बिहीबार अध्यागमन विभागद्वारा काठमाडौंमा आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस)’ कार्यक्रमको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे ।उनले निर्वाचन सफल बनाउन सम्बन्धित सबै सरोकारवाला निकायको यथोचित भूमिका अपेक्षित रहेको समेत बताए । कार्यक्रममा बोल्दै मन्त्री अर्यालले नेपाल भ्रम

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 485 पटक पढिएको
  • जेनजी आन्दोलन छानबिनस् तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्र पठाउने तयारी

    काठमाडौं— भदौ २३ र २४ को जेनजी आन्दोलनका बेला भएका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनको लागि पत्र काट्ने तयारी गरेको छ ।बिहिबार जाँचबुझ आयोगका प्रमुख गौरी बहादुर कार्कीले केपी शर्मा ओलीलाई आयोगले छानबिनको लागि पत्र काट्ने तयारी गरेको जानकारी दिएका हुन् ।यसअघि आयोगले पूर्वगृहमन्त्री रमेश लेखकको बयान लिएको थियो ।

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 511 पटक पढिएको
  • बंगलादेशी पूर्व प्रधानमन्त्री खालिदा जियाको अन्त्येष्टि समारोहमा हजारौं नागरिक सहभागी

    काठमाडौं— बंगलादेशले पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको नमाज–ए–जानाजा आयोजना गरेको छ । बंगलादेशको राष्ट्रिय संसद भवनको साउथ प्लाजामा आयोजित अन्त्येष्टि कार्यक्रममा हजारौं नागरिक सहभागी भएका थिए र उनले आफ्ना प्रिय नेताको अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।बेगम खालिदाको अन्त्येष्टि नमाज बैतुल मुक्करम राष्ट्रिय मस्जिदका खतीबले सम्पन्न गराएका थिए भने बंगलादेश राष्ट्रिय जनता पार्टी (बीएनपी)का स्थायी समितिका सदस्य नज्रुल इस्लाम खानले कार्यक्रमको व्यवस्थापन गरेका थिए। नमाज–ए–जानाजापछि खालिदा जियालाई उनका पति, पूर्व राष्ट्रपति जियाउर रहमानको छेउमा, ढाकाको शेर–ए–बंगल नगरमा दफन गरिएको छ ।बंगलादेशक

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 546 पटक पढिएको
  • समानुपातिक बन्दसूची सच्याउन निर्वाचन आयोग र दलबीच छलफल जारी

    काठमाडौं— निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेका बन्दसूचीमा देखिएका त्रुटि सच्याउन दलका प्रतिनिधिसँग छलफल गरिरहेको छ।आयोगका अनुसार बन्दसूचीमा समावेशी समूह (क्लष्टर) मिले/ नमिलेको विवरण जाँच गरी कमजोरी देखिएका दललाई सच्याउन आग्रह गरिएको छ। सूची जाँच र छलफलपछि आवश्यक सुधार गर्न यही पुस २० गते औपचारिक पत्राचार गरिनेछ।आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बुधबार १२ वटा राजनीतिक दलका प्रतिनिधिसँग छलफल भएको जानकारी दिँदै आज पनि थप १२ दलसँग छलफल गर्ने कार्यतालिका रहेको बताए।यसअघि पुस १३ र १४ गते गरी ६४ राजनीतिक दलल

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 489 पटक पढिएको
  • खोलानदी मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन

    काठमाडौं— गैर–न्यायिक सडक तथा खोलानदी मापदण्ड पीडित संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। बिहीबार आयोजित प्रदर्शनमा सहभागीहरूले खोलानदी अतिक्रमण गर्न नपाइने  मापदण्डको नाममा सर्वसाधारणलाई विस्थापित गर्न  पाइदैन भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।प्रदर्शनकारीहरूले “खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन” लगायतका नारासमेत लगाएका थिए। हाल लागू गरिएको खोलानदी मापदण्ड गैर–न्यायिक र जनविरोधी रहेको भन्दै नागरिकको आवास र जीविकोपार्जनमा गम्भीर असर पारेको उनीहरूको भनाइ छ।संघर्ष समितिले प्रभावित नागरिकहरूसँग पर्याप्त परामर्श नगरी मापदण्ड ल

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 467 पटक पढिएको
  • नेपाल प्रहरीमा १० एसएसपी बढुवाको तयारी, १७ अधिकृतबीच कडा प्रतिस्पर्धा

    काठमाडौं— नेपाल प्रहरीमा एकैपटक १० जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवा प्रक्रिया अघि बढेको छ। अर्थ मन्त्रालयले ३ एसएसपीको दरबन्दी थप गर्न स्वीकृति दिएसँगै बढुवा प्रक्रिया औपचारिक रूपमा अघि बढेको हो। केही दिनभित्रै मन्त्रिपरिषद् बैठकबाट उक्त दरबन्दी स्वीकृत हुने तयारी छ। हाल नेपाल प्रहरीमा ७ एसएसपी पद रिक्त छन्। ती रिक्त पदसँगै थपिने ३ दरबन्दी जोडिँदा कुल संख्या १० पुगेको हो। यी पदका लागि हाल १७ जना वरिष्ठ अधिकृतबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ। बढुवाको दौडमा को–को ? बढुवाको पहिलो नम्बरमा रामप्रकाश शाह र दोस्रो नम्बरमा भुवनेश्वर तिवारी रहेका छन्।शाह राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 495 पटक पढिएको
  • भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए

    भोजपुर। मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुरमा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको सङ्ख्या एक लाख २५ हजार ७६६ पुगेको छ ।यसअघि यहाँ एक लाख २३ हजार ३७९ जना मतदाता थिए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीका अनुसार निर्वाचन आयोगले गरेको मतदाता नामावली अद्यावधिकपछि जिल्लाको कूल मतदाता सङ्ख्या एक लाख २५ हजार ७६६ कायम भएको हो । निर्वाचन कार्यालयअनुसार कूल मतदातामध्ये ६५ हजार ७८८ जना पुरुष, ५९ हजार ९७७ जना महिला तथा एक जना अन्य मतदाता रहेका छन् ।स्थानीय तहअनुसार भोजपुर नगरपालिकामा २० हजार १८९, षडानन्द नगरपालिकामा २१ हजार ८९६, अरुण गाउँपालिकामा १२ हजार ६४३, आमचोक गाउँपालिकामा १२ हजा

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 332 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.