राजनीति

    Showing 2,691-2,700 of 7,520 items.
  • आरजुलाई विष्णु रिजालले भने– लोकलाजको ख्याल गर्नुपर्छ

    काठमाडौं— नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई लोकलाजको ख्याल गर्न सुझाव दिएका छन् । आइतबार  सामाजिक सञ्जालमार्फत उनले भारतले आयोजना गर्ने राइसिना डाइलगमा पराष्ट्रमन्त्री १५ मिनेट बोल्नका निम्ति ६ दिनदेखि कुरेको भन्दै कटाक्ष गरेका हुन् ।“परराष्ट्रमन्त्री डा.आरजु देउवा छ दिनदेखि भारतमा हुनुहुन्छ । भारतले आयोजना गर्ने राइसिना डाइलगमा बोल्नका लागि उहाँलाई बढीमा १५ मिनेट समय मिल्ला । अघिल्लोपटक परराष्ट्रमन्त्री एनपी साउदले अरू चारजना प्यानलिस्टसँगै एक घण्टाको प्यानलमा बोल्न पाँच दिन खर्चिनुभएको थियो । त्यसपछिका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 397 पटक पढिएको
  • रेसुङ्गा क्याम्पसको स्ववियुमा सबै पदमा निर्विरोध

    काठमाडौं— गुल्मीको तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को कमिटी नै निर्विरोध भएको छ ।स्ववियु सभापतिमा सुदीप खत्री निर्विरोध निर्वाचित भएका छन् । नेविसंघका खत्री नेतृत्वमा सबै पदमा निर्विरोध निर्वाचित भएको रेसुङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापक निर्वाचन अधिकृत गोपालप्रसाद पाण्डेले बताए ।सचिवमा अनेरास्ववियुका निशान टण्डन, कोषाध्यक्षमा नेविसंघका विश्वास बञ्जाडे निर्विरोध निर्वाचित भएका छन् ।सदस्यहरुमा नेविसंघबाट अनिता पाण्डे, खुमबहादुर खत्री, अनेरास्व्वियु क्रान्तिकारीबाट सागर सुनार, अनेरास्ववियुबाट सन्तोष भण्डारी, नेविसंघबाट सुश्मा पन्थी निर्विरोध न

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 185 पटक पढिएको
  • अध्यक्ष नेपाल भन्छन् वंशको आधारमा लुट्नेहरूले देश चलाउन सक्दैनन्

    काठमाडौ— नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वंशको आधारमा लुट्न खोज्नेहरूको हातमा देश पुगे बर्बाद हुने बताएका छन् ।समाजवादी मोर्चाले शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लुट्ने इतिहास बोकेकाहरूको हातमा देश जान नहुने बताए। पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै नेपालले वंशको आधारमा देश चलाउँछु भन्नेहरूले देशलाई लुट्न मात्रै जानेको बताए।  ‘अब यो वंशको शासनको कुरा छाडिदिनुस् । तिनीहरूले न त्याग, तपस्या र बलिदान गरेका छन् । देशलाई लुट्न मात्रै जानेका छन्। लुट्ने इतिहास बोकेकाहरूको हातमा देशलाई लगेर बर्बाद पार्ने होइन,’

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 309 पटक पढिएको
  • प्रतिनिधिसभाक बैठक आज बस्दै

    काटमाडौं— आइतबार (आज) प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवनमा बैठक बिहान ११ बजे बैठक बस्नेछ।आजको बैठकका लागि तीनवटा सम्भावित कार्यसूची तय भएको छ।  बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।त्यस्तै उपप्रधानमन्त्री पौडेलले नै ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव गर्नेछन्।यसैगरी  ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि विचार गरियोस्’ भन्

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 227 पटक पढिएको
  • प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार

    काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ । शनिबार बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को बैठकको निर्णयअनुसार चैत १५ गतेसम्म बस्ने बैठकको क्यालेन्डर तयार गरिएको हो । क्यालेन्डरअनुसार अब चैत ३, ४, ६, ७, १३, १४ र १५ गरी ७ दिन बैठक बस्ने छ । बैठकले भोलि ३ गते बस्ने बैठकको सम्भावित कार्यसूची पनि तय गरेको छ । आज (आइतबार) बस्ने बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरि

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 387 पटक पढिएको
  • समाजवादी मोर्चाले यही चैत १५ गते जनप्रदर्शन गर्ने

    पाटन (ललितपुर) । समाजवादी मोर्चा नेपालले यही चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । आज ललितपुरमा आयोजित कार्यक्रममा मोर्चाको सचिवालयका सचिव खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पछिल्लो समय देखिएको अन्योलता र नेपाली जनताका अधिकार कुण्ठित हुने अवस्थाविरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यले जनप्रदर्शन गर्ने निर्णय भएको जानकारी दिए ।पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समावेशी र समानुपातिक व्यवस्थाका पक्षधरले आमजनतालाई आफ्नो कुरा भन्नका लागि कार्यक्रम आयोजना गरिएको बताए । ‘पछिल्लो पटक सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध केही राम्रो का

    • प्रकाशित मितिः चैत २, २०८१
    • 265 पटक पढिएको
  • आगामी चुनावमा माओवादी एक्लै लड्छ र जित्छः प्रचण्ड

    काठमाडौं ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी निर्वाचनमा जनताको तागतको बलमा निर्वाचन गरी संघर्षमा जाने बताएका छन् ।  शनिबार राजनैतिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले माओवादी आगामी निर्वाचनमा कांग्रेस, एमालेसँग समिकरण नगर्ने बताएका हुन् । उनले भने, ‘अब आउने दिनमा माओवादी केन्द्रले नेपाली कांग्रेस, एमालेसँग समिकरण गर्ने कुरालाई हैन आफ्नै खुट्टामा उभिएर आफ्नै जनताको तागतको बलमा निर्वाचन गरी संघर्षमा जानेछ । हिजो ०६४मा जसरी आफ्नै एजेण्डाको बलमा आफ्नै जनताको तागतमा गएका थियौं अब एकचोटि फेरी हामी आफ्नै जनता र  वर्गतिर जानुपर्छ भन्ने हाम्रो निष्कर्ष

    • प्रकाशित मितिः चैत २, २०८१
    • 357 पटक पढिएको
  • राप्रपा कार्यकर्ताले जलाए प्रचण्डको तस्वीर

    काठमाण्डौ  ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (राप्रयुसं) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्वीर जलाएको छ ।शनिबार मकवानपुरमा आयोजित जिल्ला अधिवेशनमा राप्रयुसंका निराजन बमले कार्यक्रम मञ्चमै पूर्व प्रधानमन्त्री प्रचण्डको तस्वीर जलाएका हुन् । कार्यक्रममा मकवानपुर क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहलगायत नेताहरू उपस्थित थिए ।हेटौँडामा प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको अधिवेशनको उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री र नेकपा माओवादी केन्द्रका अध्

    • प्रकाशित मितिः चैत २, २०८१
    • 522 पटक पढिएको
  • देशभर स्ववियू चुनावको रौनकः राजनीतिक दलहरुको परीक्षा

    काठमाडौं ।  राजनीतिको नर्सरी मानिने स्वतन्त्र विद्यार्थी युनियन९स्ववियू०को निर्वाचनका कारण देशभरका क्याम्पसहरुमा चुनावी रौनक छाएको छ ।यही चैत ५ गते हुने निर्वाचनका लागि त्रिवि अन्तर्गत देशभरिका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियू निर्वाचन हुँदैछ । विशेषगरी राजनीति दलहरुले स्ववियू निर्वाचनलाई आफ्नो शक्ति प्रदर्शनका रुपमा हेरेका छन् ।चुनावको मिति नजिकिएसँगै क्याम्पस परिसरमा निर्वाचन केन्द्रीत गतिविधिहरु भइरहेका छन् । उम्मेदवारहरुले चुनावी प्रचारलाई तिब्र बनाएका छन् ।मुख्यगरी काठमाडौंको प्रदर्शनी मार्ग, वागबजार, पुतली सडक, घन्टाघर क्षेत्रमा विद्यार्थीहरुको चहलपहल बाक्ल

    • प्रकाशित मितिः चैत २, २०८१
    • 382 पटक पढिएको
  • दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनुपर्ने माग कायम छः प्रचण्ड

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कुनैपनि धर्मलाई अपमान गर्न नहुने बताएका छन् । संविधानले निर्माण गर्दा धर्म निरपेक्ष बनाइएकाले सनातनदेखिको परम्परागत धर्म संस्कृतिको संरक्षण पनि समावेश गरिएको बताए । समाजवादी मोर्चा नेपालको पत्रकार सम्मेलनमा बोल्दै उनले जनताले आफ्नो आस्था अनुसार कुनैपनि धर्म, संस्कृति मान्नेहरुलाई कहिल्यैपनि अपमान नगरेको बताए ।उनले भने, ‘जनताले आफ्नो आस्था अनुसार कुनैपनि धर्म, संस्कृति मानेका छन् ।  त्यसमा कहिले पनि अपमान गरेका छैनौं । प्रष्टसँग राज्यले हस्तक्षेप गर्नु हुन्न । त्यो  जनताको स्वतन्त्रताको कुरा हो ।  कुन धर्म,

    • प्रकाशित मितिः चैत २, २०८१
    • 282 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा