राजनीति

    Showing 2,621-2,630 of 7,520 items.
  • पूर्वराजाले संविधान विपरीत काम गरेको भन्दै कारबाही गर्न खतिवडाको माग

    काठमाडौं— नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारवाही गर्नुपर्ने माग गरेका छन् । संविधान विपरीत काम गरेको भन्दै उनले कारबाही गर्न माग गरेका हुन् ।प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले फागुन ६ गते प्रजातन्त्र दिवसका अवसरमा शुभकामनामा भिडियो सन्देश दिँदै पूर्व राजा शाहले शाही निशाना प्रयोग गरेको र श्री ५ को सरकार लेखेकाले कारबाही गर्न माग गरेका हुन् ।उनले २०६५ जेठ १६ गते शाही निशाना हटाए पनि अहिलेसम्म त्यो प्रयोग गरेर संविधान विपरीत काम गरेको आरोप लगाए ।

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 246 पटक पढिएको
  • सांसद प्रेम आले भन्छन झलनाथको दबाबमा क्यान र निगम अध्यक्ष नियुक्त गरेँ

    काठमाडौं— सांसद प्रेम आलेले नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी र नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई पार्टीको दबाबमा नियुक्त गरिएको बताएका छन् । दुई अधिकारीलाई नियुक्त गर्न नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले दबाब दिएको उनले जिकिर गरे ।आफूले खनाल र पार्टीका अरू नेताको दबाबमा प्राधिकरण र निगमका कार्यकारी पदमा नियुक्त गरेको बताए । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले १२औँ तहका पाँच वरिष्ठ अधिकारी रहँदा पनि उनीहरूलाई नै नियुक्त गर्नुपर्ने भन्दै आफूलाई पत्र पठाइएको सुनाए ।“मैले आठ महिना २१ दिन मन्त्रालय चल

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 397 पटक पढिएको
  • २०८४ सम्म प्रधानमन्त्री बन्ने रेसमा छैनः प्रचण्ड

    पर्सा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन् । नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित तराई–मधेस जागरण अभियानमा सहभागी हुन वीरगञ्ज पुगेका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर नेपाल, पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा आफू नरहेको धारणा राखे । उनले सरकारमा हुँदा एक कुरा र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने आरोप माओवादीलाई उपयुक्त नहुने बताए । सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध जेहाद नै छेडिएको भन्दै उनले मिटरब्याज पीडितका पक्षमा ऐन निर्माणदेखि नागरिकताविहीन युवाहरूका समस्यामा मलमपट्टी

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 331 पटक पढिएको
  • नाङ्गिएको सरकारको लाज छोप्न अदालत धाइरहेको छुः रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार नाङ्गिएको भन्दै सरकारको लाज छोप्न आफू अदालत धाइरहेको बताएका छन् । शुक्रबार जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पाटन पुगेका उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै ठूला दुई राजनीति दल मिल्दा देश भयावह अवस्थामा पुगेको भन्दै क्रान्तिको लागि सबैलाई तयार रहन आग्रह गरे । उनले भने,‘देशको भविष्य मेरो पुस्ताको, हाम्रो पुस्ताको हातमा छ । त्यसैले यो एकदमै गम्भीर हुने समय हो । दुई तिहाइको सरकार छ । यसले देशका तमाम समस्या समाधान गर्नुपर्ने हो । वाचा त्यही अनुसार गरिएको छ । जब दुईवटा ठूला राजनीतिक दलहरु मिल्

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 216 पटक पढिएको
  • स्वदेशीमै उत्पादित वस्तुमाको प्रयोग बढाउन प्रधानमन्त्रीको आग्रह

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गरेका छन् । एमालेको जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह गरेका हुन् ।उनले कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिने उल्लेख गर्दै यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहनका लागि सरकार तत्पर रहेको बताए ।

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 273 पटक पढिएको
  • सरकार आफ्नो जिम्मेवारीबाट भागिरहेको उपमहासचिव चौधरीको आरोप

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले सरकार आफ्नो जिम्मेवारीबाट भागेको दाबी गरेका छन। बिहिबार आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायी पहिलो संशोधन २०८१ माथिको छलफलमा भाग लिदै चौधरीले सरकार भागेको दाबी गरेका हुन्। उहाँले भन्नुभयो, ‘प्रि बजेटका बारेमा छलफल गर्ने समय बढाउनुपर्ने छ। बजेटका बारेमा प्रशस्त छलफल गर्नका निम्ति अहिलेको निर्धारित समय अपुग हुन्छ।’ चौधरीले अगाडि भन्नुभयो,‘प्रि बजेट डिस्कशनको समय सीमा तीन महिना राख्नुपर्छ। बजेटसँग सम्बन्धित व्यक्ति, संस्थाः पक्षसँग छलफल गर्नुपर्छ। अर्थ समितिमा मात्रै छलफल गरेर हुँदैन। यसरी विश्लेषण नग

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 220 पटक पढिएको
  • पद्मकन्यामा नेविसंघलाई पाखा लगाउँदै सबै पदमा स्वतन्त्रको जित

    काठमाडौं । पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा स्वतन्त्र उम्मेदवारले जित  निकालेको छ । प्रमुख दलका भातृ संगठन नेविसंघ र अनेरास्ववियुलाई पाखा लगाउँदै सबै सिट स्वतन्त्र उम्मेदवारले जितेको हो ।क्याम्पसको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार भुपेश्वरी ऐर ७३० मतका साथ विजयी भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघकी पूर्णिमाया परियारले ३७९ मत पाएकी छन् । सचिवमा सन्ध्या बस्याल ६९५ मतसहित विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी नेविसंघकै विपना न्यौपानेले ३६१ मत पाएकी छन् । कोषाध्यक्ष संकल्पिका थापा ६६६ मत ल्याएर विजयी हुँदा नेविसंघी चाँदनी शाह ४०५ मत ल्याएर पराजित

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 395 पटक पढिएको
  • नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक आजबाट

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ ।  पहिलो महाधिवेशन पछि आजबाट सुरु हुन लागेको यो पहिलो केन्द्रीय समिति बैठक हो । बैठक चैत ८ र ९ गते मध्य बानेश्वरस्थित सनराइज क्याफेमा बस्दैछ । बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ । अध्यक्ष रञ्जिता श्रेष्ठले समसामयिक राजनीतिक विषय तथा अन्य पार्टीसँगको एकीकरण र मोर्चाबन्दी लगायत विभिन्न विषयमा छलफल गर्न आकस्मिक केन्द्रीय समिति बैठकको आह्वान गरेको जनाएकी छन् ।सो बैठकमा पार्टीका प्रमुख संरक्षक रेशम चौधरी जेलमा हुँदा बनेका केन्द्रीय सदस्यहरू, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, संस्थापक केन्द्रीय सदस्यहरूलाई

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 306 पटक पढिएको
  • अहिलेको सरकारले पटक्कै सुशासन दिन सकेको छैन्ःनेता कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि सुशासन पटक्कै दिन नसकेको बताएका छन् । बिहीबार काठमाडौंमा गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसका अवसरमा आयोजित ’गिरिजाप्रसाद र लोकतन्त्र’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारमा हुने मन्त्रीहरुले एमालेसँग सहकार्य गर्ने बाध्यता रहेको भन्दै सत्ता पक्षमा भएको तर सरकारमा नभएको कांग्रेसको नेताहरुको काम सरकारलाई खबरदारी गर्ने रहेको बताए । उनले भने, ‘म के भन्छु भने नेपाली कांग्रेस र एमाले सरकारमा छौं । सुशासनको लागि त कुरा गर्नुपर्यो, अगाडि बढाउनुपर्यो । भन्न त मिल्दैन तर सुशासन पटक्कै छैन भन

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 342 पटक पढिएको
  • लिपुलेक लिम्पियाधुरा क्षेत्रमा सडक पूर्वाधार पुर्याउन महाकाली कोरिडोरमार्फत निर्माण भइरहेको छः प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक लिम्पियाधुरा क्षेत्रमा सडक पूर्वाधार पु¥याउन महाकाली कोरिडोरमार्फत पूर्वाधारको निर्माण कार्य भइरहेको जानकारी दिएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको क्रममा सांसद  बिनिता कठायतको प्रश्नको जवाफ दिँदै उनले प्रधानमन्त्री ओलीले ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिङ्कर सडकका लागि दार्चुलादेखि तुषारपानीसम्म ४३ किलोमिटर सडकखण्ड निर्माण भइरहेको सदनलाई जानकारी दिए । प्रधानमन्त्री ओलीले तुषारपानीदेखि टिङ्कर नाकासम्म करिब ७९ किलोमिटर सडकमा नेपाली सेनामार्फत काम भइरहेको  बताए । ‘हालसम्म करिब १२ किलोमिटर ‘ट्र्याक’ खन्ने काम सम

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 296 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा