राजनीति

    Showing 2,561-2,570 of 6,738 items.
  • प्रतिनिधि सभाको बैठक आज, यी हुन कार्यसूची

    काठमाडौं— सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ । त्यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउनेछन् भने पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 367 पटक पढिएको
  • पार्टीमा विवाद बढेपछि प्रचण्डले भने : हामीलाई टेन्सन छैन

    काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  पार्टीभित्र भइरहेको बहसले राम्रै गरेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले पार्टीभित्रको बहसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए। पार्टीभित्र पुस्तान्तरणको विषयमा बहस सुरु भएको सन्दर्भमा सञ्चारकर्मीले सोधेको जिज्ञासमा उनले भने, “केही हुँदैन, सबै मिलेर जान्छ । तपाईंहरुलाई हो टेन्सन, हामीलाई केही छैन।” पार्टी केन्द्रीय कार्यालयमा जारी स्थायी समितिको बैठकमा आज पाँच जना नेताहरुले पार्टी निर्माण, साङ्गठनिक संरचना, समसामयिक राजनीतिक विषयमा धारणा राख

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 437 पटक पढिएको
  • संक्रमणकालीन न्यायको विषयमा छलफल गर्न रास्वपाले डाक्यो संसदीय दलको बैठक

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मङ्गलबार बिहान संसदीय दलको बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजे बस्दैछ। सो बैठकअघि बिहान १०स्३० बजेका लागि रास्वपाको बैठक बस्न लागेको हो।  प्रतिनिधिसभामा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।रास्वपाले संसदीय दलको बैठकमा उक्त

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 451 पटक पढिएको
  • मधेश प्रदेश : ‘जम्बो’ सरकार गठनको विरोधमा सिट्ठी जुलुस

    काठमाडौँ- मधेश सरकारले जम्बो मन्त्रिपरिषद् गठन गरेको भन्दै समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियनले विरोधमा सिट्ठी जुलुस निकालेको छ।जसपा नेपालनिकटको युवा संगठन तथा विद्यार्थी संगठनले संयुक्त रुपमा मधेश सरकारको जम्बो मन्त्रिपरिषद्लाई सानो आकारको बनाउन माग गर्दै जनकपुरधाम नगरभित्र सिट्ठी जुलुस निकालेर विरोध प्रदर्शन गरेको हो। आफूहरुले कुर्सी जुलुस निकालेर मधेश सरकारलाई जम्बो मन्त्रिपरिषद् सानो बनाउन खबरदारी गरे पनि आफूहरुको माग नसुनेकाले सिट्ठी जुलुस निकालेको समाजवादी युवासंघ मधेशका कार्यवाहक अध्यक्ष कमलेश यादवले बताए।मुख्यमन्त्रीलाई पदमा बसिरहने अधिकार नरहेको भन्दै उनले तत्काल राजी

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 478 पटक पढिएको
  • फेरि विभाजित हुँदै मोहन वैद्यको क्रान्तिकारी कम्युनिस्ट पार्टी

    काठमाडौँ- मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी विभाजन भएको एक महिना नपुग्दै फेरि विभाजन हुन लागेको छ । साउन २६ देखि २९ गतेसम्म जारी महाधिवेशन आयोजक समिति बैठकमा संयोजक मोहन वैद्य किरणको कार्यशैलीप्रति असहमति जनाउँदै सचिवालय सदस्य हरिकृष्ण गजुरेलको नेतृत्वमा पार्टी विभाजनको घोषणा हुन लागेको हो ।सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले साउन १२ गते जारी भएको परिपत्र विपरीत संयोजक किरणले केन्द्रीय समिति र सचिवालय विस्तार गर्न लागेको आरोप लगाएका छन् ।‘जारी बैठक उक्त निर्णयको आवरणमा मूलतः केन्द्रीय समिति र सचिवालय थप गर्ने अघोषित उद्देश्यमा केन्द्रित हुन पुगेको छ । यो अन्तर पार्टी जनवा

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 546 पटक पढिएको
  • १८ राजदूतको सुनुवाइ भोलिदेखि सुरु हुने

    काठमाडौँ- १८ देशमा नियुक्तिका लागि सिफारिस गरेका राजदूतको सुनुवाइ प्रक्रिया भोलि (मङ्गलवार देखि सुरु हुने भएको छ ।  संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले  जानकारी दिए ।सरकारले विभिन्न १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो । सिफारिस भएका  राजदूतको सुनुवाइ प्रक्रिया मङ्गलवारदेखि सुरु हुने सुनुवाइ समितिले जनाएको छ।  बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन रहेको शङ्कर हलमा १२ः १५ मा सुरु हुने संसद् सचिवालयले जनाएको छ।  बैठकले प्रस्तावित राजदूतमाथि उजुरी आह्वान गर्नेछ। प्राप्त उजुरीमाथि

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 404 पटक पढिएको
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले ३० गते विश्वासको मत लिने

    काठमाडौँ- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते विश्वासको मत लिने भएका छन् । आगामी बुधवार बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री शाहले तयारी गरेको मुख्यमन्त्रीका स्वकीय सचिव राम विष्टले जानकारी दिए।नेपाली कांग्रेस संसदीय दलका नेता शाह कांग्रेस र नेकपा एमालेको समर्थनमा साउन २० गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शाह नेतृत्वको सरकारमा अहिले काङ्ग्रेस एमालेसहित नागरिक उन्मुक्ति पार्टी पनि सहभागी छ ।

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 281 पटक पढिएको
  • मुलुकका सम्भावनाप्रति सकारात्मक सोच र स्वावलम्बी भावना अपरिहार्य : राष्ट्रपति पौडेल

    काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका स्रोत र सम्भावनाअनुरुपको सीप तथा लगनशीलताको निर्माण एवम् राष्ट्रका सम्भावनाप्रति सकारात्मक सोच र देशभक्ति अनुकुल स्वाभिमानी तथा स्वावलम्बी भावनाको विकास आजको अनिवार्य आवश्यकता भएको बताएका छन् ।अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र संयुक्त राष्ट्रसङ्घको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘नेपाल युवा सम्मेलन, २०२४’ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको सम्भावना पहिचान गरी त्यसको समुचित प्रयोगका लागि राष्ट्रिय भावना जागृत हुन आवश्यक रहेको बताए ।

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 295 पटक पढिएको
  • १७ अस्पतालमा सेवा थपिए सुविधा

    काठमाडौँ- संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका १७ अस्पतालले सेवामा सुधार थालेका छन्। पदभार सम्हालेलगत्तै गत साउन ४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पताल तथा प्रतिष्ठान प्रमुखहरुसँग संयुक्त बैठक बसेर अस्पतालमा देखिएको भिडदेखि सेवालाई दुई सिफ्टमा थप गुणस्तर वृद्धि गर्न ९ बुँदे निर्देशन जारी गरेका थिए।एक महिनाभित्र भीड व्यवस्थापन गर्ने लक्ष्यअनुरुप हालसम्म रिपोर्ट प्राप्त सबै अस्पतालले सुधार भएको जानकारी पठाएको मन्त्रीको सचिवालयले जनाएको छ।शुक्रराजमा स्वास्थ्य बिमाबाट ९० प्रतिशत बढी औषधीअहिले संघ मातहतका १७ अस्पताल सबैले मन्त्रालयको निर्देशनअनुसार दुवै सिफ्टमा

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 459 पटक पढिएको
  • ५ लाख नयाँ संगठित सदस्य थप्न चार महिने अभियान सञ्चालन गर्दै जसपा नेपाल

    काठमाडौँ- जनता समाजवादी पार्टी नेपालले पाँच लाख नयाँ संगठित क्रियाशील सदस्य थप्ने लक्ष्य निर्धारण गरेर आधारभूत संगठन निर्माण अभियान सुरु गर्दैछ।यही भदौको पहिलो साता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्नेगरी तयार गरिएको संगठन निर्माण अभियान मंसिरको मसान्तसम्म जारी रहनेछ।केन्द्रीय र प्रदेश सत्ताबाट बाहिर बसेको जसपा नेपालको सिंगो पार्टी पंक्ति आगामी चार महिनासम्म संगठन निर्माणमा होमिने बताइएको छ। त्यसका लागि जसपा नेपालले आफ्ना केन्द्रीय नेतृत्वलाई एक दिवसीय प्रशिक्षण समेत दिएको छ। ललितपुरको महालक्ष्मीस्थान ६, सानोगाउँको थसी ब्यांक्वेटमा आइतबारदेखि जारी केन्द्रीय समिति बैठक जारी छ।बैठक

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 302 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा