राजनीति

    Showing 2,561-2,570 of 10,305 items.
  • मधेस प्रदेशको बदलिँदो राजनीतिक परिदृश्य, युवा उम्मेदवारको लर्को

    मधेश प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले पछिल्लो समय देशभर उठेको ‘जेन–जी’ अर्थात् नयाँपुस्ताको राजनीतिक चेतनालाई आंशिक रूपमा प्रतिविम्बित गरेको छ ।विशेषगरी गत भदौमा भएको नवयुवाको आन्दोलनपछि राजनीतिमा उनीहरूको प्रत्यक्ष हस्तक्षेप बढेको छ । मधेश प्रदेशमा पनि त्यो अनुभूत भएको छ ।जेन–जी अभियानकर्मीहरूका अनुसार यो प्रतिनिधित्व पूर्ण रूपमा सन्तोषजनक भने छैन । उनीहरू भन्छन्, ‘सूचीमा केही युवा नाम देखिनु सकारात्मक सङ्केत हो, तर अझै पनि पहुँच र प्रभाव भएकाहरू नै प्राथमिकतामा परेको अनुभूति हुन्छ ।’ यसअघि केही नयाँ र पुराना र

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 238 पटक पढिएको
  • राष्ट्रिय सभा अन्तरगत दुई समितिको बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ ।आज बिहिबार विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति गरेर दुई समितिको बैठक बस्न लागेको हो ।विकास, आर्थिक मामिला तथा सुशासन समितिमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ को वारेमा छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक विहान ११ः३० बजे बस्ने तय भएको छ ।यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा नालापानी युद्धमा सुवेदार श्री दयाराम खड्काको योगदान सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहानको १०ः१५ बजे तय भएको छ ।उक्त बैठकमा राष्ट्रिय सभाका उपाध्यक्ष, विधायन

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 512 पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचन: काठमाडौं क्षेत्र ३ मा हाइ–प्रोफाइल भीडन्त, कुलमानको परीक्षा

    काठमाडौं— प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा काठमाडौं क्षेत्र नम्बर ३ यसपटक विशेष चासोको केन्द्र बनेको छ ।हाइ–प्रोफाइल उम्मेदवारहरूको उपस्थितिले यो क्षेत्रको चुनावी प्रतिस्पर्धा निकै रोचक बन्ने देखिएको छ । खासगरी उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका कुलमान घिसिङको प्रवेशसँगै यहाँको चुनावी सरगर्मी फरक बन्ने अनुमान गरिएको छ ।पूर्वमन्त्री तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकका रूपमा चर्चित घिसिङ सुशासन, कार्यसम्पादन क्षमता र इमानदार सार्वजनिक छविका कारण आम मतदातामाझ लोकप्रिय मानिन्छन् ।दशकौँसम्म मुलुकले भोग्दै आएको दैनिक १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गर्न उनले खेलेको भूमिकाले उ

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 458 पटक पढिएको
  • जेनजी आन्दोलनमा घुसपैठ गराई उत्तेजित बनाइयो: सांसद विसी

    काठमाडौं— नेकपा (एमाले) की सांसद सुमित्रा विसीले भदौ २३ र २४ गते भएको आन्दोलनलाई दुई दृष्टिकोणबाट हेर्नुपर्ने बताएकी छन् ।बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले वर्तमान परिस्थितिबारे सबै जानकार रहेको उल्लेख गर्दै, सुशासन र भ्रष्टाचारविरुद्ध युवाहरूले उठाएको आवाज आफूहरूले पनि निरन्तर उठाउँदै आएको विषय भएको बताइन् । आन्दोलन शान्तिपूर्ण हुने अपेक्षा गरिए पनि अवस्था भने निकै फरक देखिएको उनको भनाइ थियो ।उनले भनिन्,‘वर्तमान परिस्थतिका बारेमा हामी सबै जानकार छौं । भदौ २३ र २४ गतेको आन्दोलनलाई हामीले दुईवटा दृष्टिकोणले हेर्नुपर्छ भन्ने लाग्छ । जुन युवाहरुले माग राखेर सुशासनका निम्ती, भ्रष्टाचारका व

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 499 पटक पढिएको
  • राष्ट्रिय सभामा नारायण दत्त भट्टको कटाक्षः लोकतन्त्रको नाममा थिति, विधि र प्रक्रिया ध्वस्त

    काठमाडौं— राष्ट्रिय सभाका सदस्य नारायण दत्त भट्टले वर्तमान राजनीतिक नेतृत्व र लोकतान्त्रिक अभ्यासप्रति कडा टिप्पणी गरेका छन् । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै भट्टले सरकार र राजनीतिक नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाए ।उनले प्रधानमन्त्री सुशिला कार्की प्रति संकेत गर्दै नागरिक अगुवाहरूको सरकार बने–नबनेको आफूलाई स्पष्ट नभए पनि वरिपरि “घण्टी नै घण्टी फलाउने” प्रवृत्ति देखिएको टिप्पणी गरे । भट्टले आफूलाई समाजको ‘नायक’ ठान्दै अरूमाथि नैतिक प्रश्न उठाउने तर जिम्मेवारीबाट भागेर पुनः दलकै नाममा सत्तोसराप गर्ने प्रवृत्तिको आलोचना गरे ।पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 478 पटक पढिएको
  • चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

    चितवन— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दुई हजार ७६६ जना निर्वाचन प्रहरी (म्यादी) खटाइने भएको छ । निर्वाचन प्रहरीमा भर्ना हुन तीन हजार ३५० जनाले आवेदन दिएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार लिखित र अन्तर्वार्ता परीक्षामार्फत वैकल्पिकसहित दुई हजार ९४० जनाको नाम प्रकाशित गरिएको हो । एक सय ७४ जनाको नाम वैकल्पिकमा राखिएको छ । उनीहरूलाई यही माघ १८ गतेदेखि तालिम प्रदान गरी कार्यक्षेत्रमा खटाइने उनले जानकारी दिए ।उनका अनुसार निर्वाचनमा नेपाल प्रहरीतर्फ दुई हजार ४४१ र सशस्त्र प्रहरी बल नेपालतर्फ ३२५ जना निर्वाचन

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 516 पटक पढिएको
  • नेकपाले चुनावमा बहुमत नल्याए देश दुर्घटनामा जाने चेतावनी

    रामेछाप । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रामेछापमा निर्वाचन परिचालनको लागि १ हजार ३ सय ९९ सदस्यीय कमिटी बनाएको छ ।फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि होमबहादुर बुढाथोकीको संयोजकत्वमा १ हजार ३ सय ९९ सदस्यीय निर्वाचन परिचालन कमिटी बनाइएको निर्वाचन परिचालन कमिटीका प्रवक्ता झम्क कँडेलले जानकारी दिए ।कमिटीमा पालिका, जिल्ला, प्रदेश र केन्द्रीय कमिटीका नेताहरू समावेश गरिएको उनले बताए । यस अघि संविधान सभा सदस्य तथा प्रतिनिधि सभा सदस्यमा समेत निर्वाचित भएर कुशलतापूर्वक काम गरेका कारण नेकपाका उम्मेदवार श्यामकुमार श्रेष्ठ कुशलले रामेछापमा विजय प्राप्त गर्ने उनले दाबी गरे ।उम्मेदवार श्रेष

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 181 पटक पढिएको
  • रामेछापका एमाले उम्मेदवार माधव ढुङ्गेल पार्टीको आन्तरिक बैठक र घरदैलो अभियानमा

    रामेछाप । रामेछापबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार माधव ढुङ्गेल निर्वाचन केन्द्रित छलफल र मतदाता भेटघाट अभियानमा जुटेका छन् । जिल्लामा प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा एमालेले आन्तरिक संगठनात्मक छलफल र मतदातासँग प्रत्यक्ष भेटघाट कार्यक्रमलाई सँगसँगै अघि बढाएको छ ।यस क्रममा एमाले गोकुलगंगा गाउँपालिका कमिटी, मन्थली नगरपालिका कमिटी, लिखु तामाकोसी गाउँपालिका कमिटी, उमाकुण्ड गाउँपालिका कमिटी तथा खाँडादेवी गाउँपालिका कमिटीको बैठक सकी निर्वाचन केन्द्रित आवश्यक योजना बनाएको नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले बताए ।पार्टीले बैठक तथा भेटघाटलाई

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 180 पटक पढिएको
  • निर्वाचन धाँधलीरहित बनाउन सरकार गम्भीर हुनुपर्छ : सभापति शर्मा

    काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई धाँधलीरहित र निष्पक्ष बनाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सभापति शर्माले निष्पक्ष निर्वाचन सम्पन्न गरिनु अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरे । उनले हाल राजनीतिक संगठन र विचारभन्दा पनि ‘स्टन्टबाजी’ हावी हुँदै गएको भन्दै यसले देशलाई गलत दिशातर्फ लैजान सक्ने चिन्ता व्यक्त गरे ।‘हाम्रो लक्ष्य, उद्देश्य र दृष्टिकोण के हो भन्नेभन्दा पनि अहिले हावाको बहाव अर्कैतिर गइरहेको देखिन्छ, फागुन २१ गते हुन गैइरहेको प्रति

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 244 पटक पढिएको
  • निर्वाचन घोषणापत्र कार्यान्वयनयोग्य बनाउन गैरसरकारी संस्था महासंघको राजनीतिक दलहरूलाई अपिल

    काठमाडौं । गैरसरकारी संस्था महासंघ नेपालले राजनीतिक दलहरूलाई प्रतिनिधिसभा निर्वाचन २०८२ का घोषणापत्रमा नागरिकको जीवन, अधिकार, समृद्धि, तथा सुशासन र सामाजिक न्यायसँग प्रत्यक्ष सम्बन्धित सबै विषय स्पष्ट, प्रतिबद्धतामूलक र कार्यान्वयनयोग्य रूपमा समेट्न अपिल गरेको छ ।बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले जातीय, लैङ्गिक, सामाजिक र भौगोलिक लगायत सबै प्रकारका असमानताको अन्त्य गर्न समान पहुँच, अवसर र सेवा वितरणमा पारदर्शिता, प्रविधिमैत्री तथा पहुँचयुक्त सेवा वितरण प्रणाली, विशेष राहत कार्यक्रम, समावेशी नीति कार्यान्वयन, न्याययुक्त समाज स्थापनाको ठोस कार्ययोजना घोषणापत्र मार्फत सार्

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 201 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.