राजनीति

    Showing 2,531-2,540 of 10,305 items.
  • सहिद सुवेदार दयाराम खड्कालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छः इतिहासविद् उपाध्याय

    काठमाडौं—  इतिहासविद् प्रा.डा. श्रीराम प्रसाद उपाध्यायले सहिद सुवेदार दयाराम खड्कालाई सरकारले राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने बताएका छन् ।शुक्रबार सहिद दिवसको अवसरमा नालापानी युद्धका वीर योद्धा सहिद सुवेदार दयाराम खड्कालाई श्रञ्जलि अर्पण गर्दै उनले दयाराम खड्काले गोरखाली, नेपाली भनेर संसारभर प्रसिद्ध गराएको भन्दै उनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने बताए ।उनले भने, ‘नालापानीको लडाई भनेपछि विश्वकै इतिहासमा प्रसिद्ध छ । यो प्रसिद्ध हुनुपर्ने कारण दयाराम खड्का जसको वीरताको गाथा नालापानीले बोकेको छ । यस्तो हाम्रो विभूतिलाई सरकारले राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ । किनभने उहाँको योगदान छ

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 554 पटक पढिएको
  • ग्रामिण क्षेत्रमा देखिएको रास्वपाको प्रभाव चुनाव जित्ने तहसम्मको होइन्ः महासचिव पोखरेल

    काठमाडौं— नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाको ग्रामिण क्षेत्रमा देखिएको प्रभाव चुनाव जित्ने तहसम्मको नरहेको बताएका छन् ।शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले रास्वपाको जन्म भएको शहरी क्षेत्रमा नै रास्वपा प्रतिस्पर्धामा नरहेको भन्दै ग्रामिण क्षेत्रमा देखिएको प्रभाव चुनाव जित्ने तहसम्मको नरहेको बताए ।उनले भने, ‘काठमाडौंमा रास्वपा प्रतिस्पर्धामा छैन भन्ने विश्लेषण छ । जहाँबाट रास्वपाको जन्म भयो त्यहाँबाट नै प्रतिस्पर्धामा छैन भन्ने विश्लेषण आएको छ । तर रास्वपाको प्रभाव पहिलेभन्दा ग्रामिण क्षेत्रमा बढेको देखिन्छ । तर ग्रामिण क्षेत्रमा बढेका प्रभाव

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 562 पटक पढिएको
  • राष्ट्रपति पौडेल माघ १८ गते जापानको औपचारिक भ्रमणमा जादैँ

    काठमाडौं— नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिक उत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ गते जापानको चार दिने औपचारिक भ्रमणमा जाने भएको छ ।परराष्ट्र सचिव अमृत बहादुर राईका अनुसार जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको यो भ्रमण मुख्यतः ७०औँ वार्षिकोत्सवको उत्सव मनाउने उद्देश्यमा केन्द्रित रहनेछ ।भ्रमणका क्रममा कुनै पनि द्विपक्षीय सम्झौता, सन्धि वा एमओयुमा हस्ताक्षर गर्ने तयारी भने नरहेको स्पष्ट गरिएको छ ।नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता आपसी सम्मान, मित्रता र सहकार्यमा आधारित सम्बन्ध निरन्तर सुदृढ हुँदै आएक

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 564 पटक पढिएको
  • बन्द कोठामा होइन, जनताकै बीचमा चुनावी संकल्प पत्र लेखिनेछः विनोद चौधरी

    काठमाडौं— नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)– १ का प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझाव अनुसार संकल्पपत्र तयार पार्ने अभियान सुरु गरेका छन् ।बन्द कोठामा बसेर घोषणापत्र बनाउनुको साटो जनताका वास्तविक समस्या बुझ्न उनले आम मतदातासँग सल्लाह माग गरेका हुन् ।चौधरीले भोटले सरकार बनाउने भए पनि समाज बनाउन नागरिकको सुझाव नै आवश्यक पर्ने बताए ।गाउँ र टोलका समस्या स्थानीय बासिन्दालाई नै राम्रोसँग थाहा हुने भएकाले विकासको योजनामा सबैको सहकार्य जरुरी रहेको उनको भनाइ छ ।नवलपरासीको विकासका लागि केवल दलको घोषणापत्र मात्र नभई सबैको ‘साझा संकल्पपत्र’ हुने चौधरीले उल्लेख गरेका छन् । २

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 514 पटक पढिएको
  • सहिदहरुको सपना पुरा गर्नु नेतृत्वकर्ताहरूको कर्तव्य होः डंगोल

    काठमाडौं— काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् ।शुक्रबार लैनचौरस्थित सहिदपार्कमा सहिद दिवसको अवसरमा स्वेच्छाचारिता एवं एकतान्त्रिक शासन व्यवस्थाको अन्त्यका लागि प्राण आहुति दिएका वीर सहिदहरुको स्मरण गर्दै उनले सहिदका सपना पुरा गर्न नेतृत्वकर्ताहरूलाई अनुरोध समेत गरिन् ।‘यहाँ राणा शासनविरुद्ध १९९७ सालमा सुरु भएको संघर्ष र त्यसपछिका विभिन्न राजनीतिक आन्दोलनमा ज्यान गुमाउने वीर सहिदहरूको बलिदानको उच्च कदर गर्दै, म उहाँहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु,’ डंगोलले भनिन्, ‘स्वेच्छाचारिता एवं एकतान्त्रिक शासन व्यवस्थाको अन्त्यक

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 503 पटक पढिएको
  • सहिदहरुप्रति सम्मान गर्न मुख्यमन्त्री कार्कीको आग्रह

    विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नागरिक स्वतन्त्रता, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि विभित्र समयमा आफ्नो प्राण उत्सर्ग गर्ने सम्पूर्ण वीर सहिदप्रति उच्च सम्मान र श्रद्धासुमन अर्पण गरेका छन्।उनले आज एक विज्ञप्ति जारी गर्दै नेपालको परिवर्तनको आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी त्यसलाई संस्थागत गर्न योगदान गर्ने अग्रजप्रति सम्मान र आदर भाव व्यक्त गरेका छन्। उनले जहानियाँ निरङ्कुश राणाशासन ढाल्नका लागि चार सहिदले देखाएको वीरता नेपाली इतिहासको आधार स्तम्भ रहेको बताए।विज्ञप्तिमा भनिएको छ “विसं २००७ देखि आजसम्म भएका हरेक निरङ्कुशता विरोधी आन्दोलन यही प्रेरणाको जगमा भएका

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 456 पटक पढिएको
  • अछाममा बालेनको चुनावी अभियान टोलीका एक सदस्य बेहोस, हेलिकप्टरबाट काठमाडौं लगिँदै

    अछाम— अछाम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको चुनावी अभियान टोलीका एक सदस्य बेहोस भएका छन्।अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार बालेनसँगै अछाम आइपुगेका नुवाकोट घर भएका ४३ वर्षीय दिनेश सिटौला बिरामी परेका हुन्। उनका अनुसार सिटौला आज बिहान एक्कासि बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ। तर थप उपचारका लागि काठमाडौं लाने तयारी भइरहेको छ। त्यसका लागि  सुर्खेतबाट नेपाली सेनाको हेलिक्प्टर उद्धारका लागि अछाम मगाइएको छ।उनका अनुसार सिटौला आज बिहान एक्कासि बेहोस भएपछि अस्पताल भर्ना गरिएको हो। थप उपचारका लागि काठमाडौं लान सुर्खेतबाट नेपा

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 483 पटक पढिएको
  • आज पनि सहिदका सपना, राष्ट्रिय संकल्प र नागरिकका आकांक्षा अधुरै छन् : उपसभापति अर्याल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सहिद दिवसको अवसरमा सबै ज्ञात–अज्ञात अमर सहिदहरुको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।शुक्रबार रास्वपाका उपसभापति डीपी अर्यालको एक सन्देश जारी गर्दै सहिदहरूले प्राणाहुति दिँदा देखेको सपना राजनीतिक परिवर्तनमा मात्र सीमित नभएको बताए ।उनले भने, ‘सहिदहरूले प्राणाहुति दिँदा देखेको सपना राजनीतिक परिवर्तनमा मात्र पक्कै सीमित थिएन । त्यो त आम नेपालीको जीवनमा देखिने सुशासन, न्याय र समृद्धिको सपना थियो ।’उपसभापति अर्यालले लामो समयको राजनीतिक अस्थिरता, दलतन्त्रको मनोमानी र बेथितिका कारण आज पनि सहिदका सपना, राष्ट्रिय संकल्प र नागरिकका आकांक

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 201 पटक पढिएको
  • सहिदका सपना पूरा गर्न समर्पित हुन सके मात्र सहिद दिवसको सार्थकता रहन्छ : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ १६ गते सहिद दिवसको अवसरमा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र अधिकारका लागि जीवन अर्पण गर्ने सबै ज्ञात–अज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।सन्देशमा प्रचण्डले नेपालको परिवर्तनको इतिहास सहिदहरूको रगतले लेखिएको उल्लेख गर्दै सामन्ती राणा शासनविरुद्ध लखन थापा, बाँकाबीरदेखि शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठसम्मको बलिदान, किसानका पक्षमा भीमदत्त पन्तको संघर्ष, पञ्चायती कालदेखि जनयुद्ध, जनआन्दोलन, मधेस, थारू लगायतका समुदायका आन्दोलन र पछिल्लो जेन–जी आन्दोलनका सहिदको

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 138 पटक पढिएको
  • अस्थायी मतदाता विवरण पनि संकलन हुँदै

    तनहुँ— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाता विवरण संकलन सुरु भएको छ । समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन पाउने जिल्लास्थित सरकारी कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दीलगायत विवरण संकलन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता पालना र सुरक्षा व्यवस्था चुस्त बनाउन सरोकार भएकाहरूसँग छलफल पनि गरिसकेको छ । हालसम्म आचारसंहिता उल्लंघनका उजुरी नपरेका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले बताए ।पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा सहभागी दुई लाख ५४ हजार ३९७ मतदा

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 419 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.