राजनीति

    Showing 151-160 of 10,271 items.
  • तराई–मधेस तनावबारे राप्रपाको चिन्ता, संवादबाट समाधान खोज्न आग्रह

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तराई–मधेस क्षेत्रमा हालै भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरेको छ ।अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा शुक्रबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि जारी विज्ञप्तिमा राप्रपाले विभिन्न घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । धनुषाको रघुनाथपुरस्थित हनुमान मन्दिरको रेखदेख गर्ने व्यक्तिको भएको

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 120 पटक पढिएको
  • तराई–मधेशको घट्ना हिन्दु–मुस्लिमबीचको द्वन्द्व होइन : मौलाना नरुल हुसेन

    काठमाडौं । इस्लामी संघ नेपालका अगुवा मौलाना नरुल हुसेनले नेपालमा भएको पछिल्लो घटनालाई धार्मिक दंगाको रूपमा नहेर्न आग्रह गरेका छन् ।नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले तराई–मधेसमा भएको घटनालाई हिन्दु–मुस्लिमबीचको विवाद नभई गलत तत्वहरूले परिस्थितिको दुरुपयोग गरेको दाबी गरे ।हुसेनले आफू पनि घटनास्थलसँग जोडिएको क्षेत्रमै जन्मे–हुर्केको बताउँदै त्यहाँका समुदायबीच लामो समयदेखि आपसी सद्भाव कायम रहेको उल्लेख गरे । ‘हामी जसरी मिलेर बस्दै आएका थियौँ, भोलि पनि त्यसरी नै बस्ने विश्वास छ । तर यस्तो अवस्था कसरी आयो भन्ने कुरा मैंले अहिलेसम्म बुझ्न सकेको छैन,’ उनले भने ।उनका अनुसार प्रारम्भिक घटना सामान

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 205 पटक पढिएको
  • ब्रोड पिकमा बेपत्ता नेपालीको खोजीमा दूतावास सक्रिय, परराष्ट्रको निरन्तर समन्वय

    काठमाडौं ।पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ब्रोड पिकमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएका नेपाली पर्वतारोहीहरूको खोजी तथा उद्धारका लागि नेपालले कूटनीतिक पहललाई तीव्र बनाएको छ।शुक्रबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै इस्लामावादस्थित नेपाली दूतावासले अल्पाइन क्लब अफ पाकिस्तान ९एसीपी० तथा अन्य सम्बन्धित सरकारी निकायसँग निरन्तर समन्वय गरिरहेको जनाएको हो। मन्त्रालयका अनुसार उद्धार कार्यलाई प्रभावकारी बनाउन दूतावासले घटनाको प्रत्येक विवरण नजिकबाट नियालिरहेको छ।परराष्ट्रका अनुसार पाकिस्तानी निकायहरूले खोजी तथा उद्धार अभियान जारी रहेको जानकारी दिएका छन्। साथै उपलब्ध सबै स्रोतसाधन परिचालन

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 142 पटक पढिएको
  • विदेशीलाई बाँडिएको नागरिकतामाथि छानबिन गर्न जय मातृभूमि पार्टीको माग

    काठमाडौं । जय मातृभूमि पार्टीले १ करोड बढी विदेशी नागरिकलाई नेपाली नागरिकता दिँदाको परिणाम विगतका मधेश आन्दोलन र आजको धार्मिक द्वन्द्व सिर्जना भएको जिकिर गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी वर्तमान बालेन सरकार र पुराना दलमा कुनै भिन्नता नरहेको आरोपसमेत लगाएको छ ।पार्टीका अध्यक्ष रामशरण पाण्डेले समसामयिक राजनीतिक विषयमा बौल्दै देश इतिहसकै सबैभन्दा संवेदनशील अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गरे । पाण्डेले दुई तिहाइको बालेन सरकारले देशमा राजनीतिक स्थायीत्व ल्याउन नसक्नुमा जनमतको अबहेलना भएको बताउँदै भने,‘भ्रष्टाचार र वेथितिको अन्त्य गर्ने एजेण्डाका साथ आएको सरकार पनि पुरान

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 188 पटक पढिएको
  • मधेसको तनाव समाधान खोज्दै प्रधानमन्त्री बालेन, प्रमुख मधेसवादी नेतासँग छलफल

    काठमाडौं । सुनसरीसहित मधेसका केही जिल्लामा देखिएको तनाव र असहज परिस्थितिलाई लिएर प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलको मुख्य एजेन्डा सामाजिक सद्भाव कायम गर्ने, हिंसा फैलिन नदिने र प्रभावित क्षेत्रमा शान्ति पुनःस्थापना गर्ने उपाय रहेको जनाइएको छ।छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समीम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी र जयकान्त राउत लगायतका मधेस केन्द्रित नेताहरू सहभागी छन्।प

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 131 पटक पढिएको
  • आगो जसले लगाए पनि निभाउने दायित्व कांग्रेसकै हो : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय समाजमा बढ्दो तनाव र हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै कांग्रेसका जनप्रतिनिधिलाई शान्ति, सहिष्णुता र सामाजिक सद्भाव जोगाउन सक्रिय भूमिका खेल्न निर्देशन दिएका छन्।कोसी र मधेस प्रदेशका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिसँगको छलफलमा थापाले “जसले आगो लगाए पनि निभाउने दायित्व कांग्रेसको हो“ भन्दै जिम्मेवार राजनीतिक शक्तिका रूपमा उत्तेजना होइन, समाजलाई सम्हाल्ने भूमिका निर्वाह गर्न आग्रह गरे।उनले सामाजिक सञ्जालमा आएका सामग्री सत्यतथ्य नबुझी शेयर वा टिप्पणी नगर्न पनि कार्यकर्तालाई सचेत गराए। कुनै पनि विषयमा प्रतिक्रिया दिनुअघि संयम अपनाउन

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 148 पटक पढिएको
  • रवि लामिछानेले गरे धार्मिक अगुवाहरुसँग छलफल

    काठमाडौं । सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल थालेका छन् । सभापति लामिछानेले शुक्रबार पार्टी संसदीय दल कार्यालयमा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरिहेका हुन् ।त्यस्तै सभापति लामिछानेले विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग एकसाथ छलफल गरिरहेका छन् । उनीहरूले दुवै अगुवालाई सुनसरी, सिराहा लगायत देशका विभिन्न भागमा प्रदर्शन रोक्न सद्भावको अपिल गर्न आग्रह गरेका हुन् ।

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 175 पटक पढिएको
  • गोपालमान श्रेष्ठको निवास पुगेर राष्ट्रपति पौडेलले दिए श्रद्धाञ्जली

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् । राष्ट्रपति पौडेल आज प्रथम महिला सविता पौडेलसहित श्रेष्ठको सानेपास्थित निवासमा पुगेर दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । शोकको यस घडीमा उनले शोकाकुल परिवारजन तथा आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक सहानुभूति व्यक्त गरे । राष्ट्रपति पौडेलले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय भएर श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्र्थापना तथा सुदृढीकरणका लागि भएका विभिन्न संघर्ष र आन्दोलनहरूमा पुर्याएको नेतृ

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 51 पटक पढिएको
  • घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसक्यो : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिराहा लगायतका स्थानमा भएको घटनालाई लिएर देशवासीको नाममा सम्बोधन गरेका छन्। बिहीबार सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको जानकारी दिए । उनले स्थानीय स्तरमा प्रत्यक्ष अनुगमन गर्न पिडित पक्षसँग सम्बाद गर्ने र शान्ति सुरक्षा सुदृढ बनाउन गृहमन्त्री स्वयं घटनास्थल पुगेको बताए ।‘स्थानीय स्तरमा प्रत्यक्ष अनुगमन गर्न पिडित पक्षसँग सम्बाद गर्ने र शान्ति सुरक्षा सुदृढ बनाउन गृहमन्त्री स्वयं घटनास्थल पुगी सक्नुभएको छ,’ उनले भने, ‘यसैगरी, देश

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 136 पटक पढिएको
  • शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

    काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो २ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने भएको हो ।बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 125 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.