राजनीति

    Showing 10,251-10,260 of 10,379 items.
  • माधव नेपाललगायतलाई कारबाही गर्ने तयारीमा ओली

    काठमाडौं / नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललगायतलाई कारबाही गर्ने तयारी गरेको छ । त्यसका लागि छलफल अगाडि बढाएको एक नेताले बताए ।एमालेका बरिष्ठ नेता नेपाललगायत झण्डै एक दर्जन नेतालाई अनुशासनको कारबाही गर्नेगरी ओलीले छलफल थालेको बताइएको छ । नेपाल समूहले पार्टी अनुशासन उल्लंघन गरि गुटबन्दी गरेको आरोप ओली पक्षको छ । यसअघि नै ओलीले माधव नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर नयाँलाई विभिन्न प्रदेशहरूमा इन्चार्ज तोकिसकेका छन् ।

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 109 पटक पढिएको
  • बादलसहित २३ मन्त्रीहरुलाई मन्त्री पदबाट राजीनामा दिन निर्देशन

    काठमाडौं / नेकपा माओवादी केन्द्रले माओवादीबाट सरकारमा रहेका आफ्ना पार्टी सदस्यहरुलाई मन्त्री परिषद्बाट तत्काल राजीनामा दिन निर्देशन दिएको छ । पार्टी कार्यालय पेरिसडाडाँमा आज बसेको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो ।नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको पार्टीका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । एमालेको एउटा समूहको बैठकले माओवादीसँग सम्बन्धित नेताहरुको नामसमेत राखरे जिम्मेवारी दिएको सन्दर्भमा आफ्नो पार्टी कुन हो भन्ने स्पष्ट पार्न २४ घण्टाको समय दिइएको नेता श्रेष्ठले जानकारी दिए ।गृ

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 94 पटक पढिएको
  • सत्ता समिकरणबारे विवादमा जसपा, दलको नेता चुन्नै कठिन

    काठमाडौं / जनता समाजवादी पार्टी (जसपा)को शुक्रबार बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने अपेक्षा गरिएपनि आन्तरिक विवादका कारण उक्त विषयलाई थाँती राखिएको छ । जसपाका एक नेताका अनुसार सत्ता समिकरणबारे कुरा नमिल्दा दलको नेता चयन हुन नसकेको हो ।नयाँ सत्ता समीकरणका लागि निर्णायक भूमिका निर्वाह गर्ने स्थानमा रहेको जसपाले अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन । सोही क्रमकमा शुक्रबार संसदीय दलको नेता चयन गर्ने भनिएको थियो । संसदीय दलको नेताका लागि महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, डा. बाबुराम भट्टराई आकांक्षी छन् ।बैठकमा संसदीय दलको विधानसमेत प्रस्तुत भएको छ । विधान अध्ययन गरी अर्को बैठक

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 98 पटक पढिएको
  • एमाले महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म

    काठमाडौं । एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो । बैठकमा माधव नेपाल पक्ष भने सहभागी थिएन ।

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 99 पटक पढिएको
  • बादलले पाए प्रदेश इञ्चार्जको जिम्मेवारी

    काठमाडौं । नेकपा एमालेमा माओवादी नेता रामबहादुर थापा ‘बादल’ले बागमती प्रदेश इञ्चार्जको जिम्मेवारी पाएका छन् ।यस अगाडि उपाध्यक्ष बनाउने चर्चा चलेको भए पनि एमालेले अध्यक्ष र महासचिव बाहेक सबै पद खारेज गरेका कारण बादल प्रदेश इञ्चार्जमै सिमित भएका हुन् ।

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 144 पटक पढिएको
  • निर्वाचनका लागि तयार हुन आग्रह गर्दछु :उपप्रधानमन्त्री पोखरेल

    काठमाडौँ / उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थको अन्त्य र संसदमा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् ।  उनले भने,“निर्वाचनका लागि तयार हुन  म आममतदाता समक्ष आग्रह गर्दछु ।” प्रेस सेन्टर पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभामा दलहरुबीच समन्वय भई प्रक्रिया सामान्य ढङ्गले अगाडि नबढे ताजा जनादेशमै जार्ने बताए । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता पोखरेलले सर्वोच्च आदालतको फैसलाबाट उत्पन्न भएको वर्तमान राजनीतिक अवस्थाको सामना गर्दै एमाले र माओवादी केन्द्रका जिल्लादेखि केन्द्रसम्ममा नयाँ ढङ्गले पुनःए

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 105 पटक पढिएको
  • चाडपर्वले सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग् गर्छ : सभापति देउवा

    काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाशिवरात्रिका अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत हिन्दू धर्मावलम्बीबाट अति श्रद्धाका साथ शिवको आराधना गरेर मनाइने “महाशिवरात्रि” महत्वपूर्ण र पवित्र पर्व भएको जनाउँदै यस्ता चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको बताएका छन् । प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा रहेको जनाउँदै पूर्वप्रधानमन्त्री देउवाले सबै चाडपर्व हाम्रो सामा

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 94 पटक पढिएको
  • नेकपा फुटेपछि सांसद तानातान

    बितामोड /  सर्वोच्च अदालतको आदेशले नेकपाको अन्त्य सँगै एमाले र माओवादीले पुर्नजन्म पाएपछि नेकपाका दुवै समुहका सांसद तानतानमा परेका छन् । नेकपामा भएको फुटसँगै सुरु भएको सांसद तानातानको क्रममा परेका सांसदहरु फेरि एक अर्को दलको तानातानमा परेका हुन् । सांसद एक अर्को समुहमा तानातानमा रहेकै वेला प्रदेश २ का तीन प्रदेश सांसद भने आफ्नै मुल घर फर्किने भएका छन्। नेकपामा आएको फुटसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका माओवादी केन्द्रका तीन सांसद आफ्नै  पार्टीमा फर्किने भएका हुन् । संसद विघटनपछि ओलीको पक्षमा लागेका चार साँसद मध्ये कुन्दन कुशवाहा, रामचन्द्र मण्डल र मो। समिरले माओवा

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 91 पटक पढिएको
  • नेपालमा अब कुनै प्रकारको अशान्ति छैन : प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा २०औँ स्थापना दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष ओलीले नेपाल अब विकास र सुशासनको बाटामा अघि बढेको बताएका हुन् । हिंसाको बाटामा हिँडेकालाई शान्तिको मूलधारमा ल्याउन आफ्नो सरकार सफल भएको जनाउँदै उहाँले पृथकतावादी सोचलाई समेत टुङ्गाएको बताएका छन् । “हामी राष्ट्रिय एकताको भावका साथ अघि बढेका छौँ”, प्रधानमन्त्री ओलीले भने, “अब देशमा हिंसाको अन्त्य भएको छ, नेपाल शान्तिको नयाँ युगमा प्रवेश गरेको छ ।” यसका लागि सुरक्षा प

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 100 पटक पढिएको
  • असन्तुष्टलाई सम्मानजनक व्यवहार गरिन्छ : नेम्वाङ

    बिराटनगर । नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले पार्टीमा असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा संसदीय दलका उपनेता नेम्वाङले एमाले र नेकपा(माओवादी केन्द्र) बीचको एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतको फैसलाबाट खारेज भएकाले एमालेमा फर्कने सबैका लागि सम्मानजनक व्यवहार गरिने स्पष्ट गरे ।  उनले जनता समाजवादी पार्टीसँग उसका मागका विषयमा छलफल भए पनि सत्ता साझेदारीबारे हाल कुरा नभएको प्रतिक्रिया दिनए । सर्वोच्च अदालतको यही फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी केन्द्रको एकता बदर गरी पूर्ववतावस्था कायम भए

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 106 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.