पत्रपत्रिका

    Showing 791-800 of 1,241 items.
  • जसपा पनि विवादमै

    बिर्तामोड ( राजधानी दैनिकबाट) जनता समाजवादी पार्टी ९जसपा०भित्र बैठक विषयलाई लिएर विवाद भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार बसेको शीर्षनेताका बैठकबीच ‘कार्यकारी समिति बैठक बस्ने’ विषयमा सहमति नहुँदा विवाद बढेको हो ।जसपा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादवले पार्टी कार्यकारिणी समिति बैठक बस्नुपर्ने गरेको प्रस्ताव अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो अस्वीकार गरेका छन् ।स्रोतका अनुसार शीर्षनेता बैठकमा कार्यकारिणी समिति छिटोभन्दा छिटो बस्नुपर्ने प्रस्ताव भट्टराई र यादवले गरेका छन् । तर, ठाकुर र महतोले एकै स्वरमा अहिलेको अवस्थामा बैठक

    • प्रकाशित मितिः वैशाख १५, २०७८
    • 65 पटक पढिएको
  • १३ जिल्लामा लकडाउन

    बिर्तामोड ( राजधानी दैनिकबाट) कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले १० जिल्लामा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा जारी गरेको छ । संक्रमण गति तीव्र रूपमा फैलँदै गएपछि सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत मंगलबार अबेरसम्म गरी १० मा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा आदेश जारी गरेको हो ।गृह मन्त्रालयका उपसचिव खुमकान्त अधिकारीका अनुसार मंगलबार रातिसम्म १० मा पूर्ण तथा तीन जिल्लामा आशिंक निषेधाज्ञा आदेश भएको छ । जसअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रुपन्देही, पर्सा, कास्की र सुर्खेतमा पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ ।कास्कीबाहेकमा जिल्लाभर पूर्ण

    • प्रकाशित मितिः वैशाख १५, २०७८
    • 56 पटक पढिएको
  • बजारमा अक्सिजन सिलिन्डर अभाव

    बिर्तामोड ( राजधानी दैनिकबाट ) गम्भीर प्रकृतिका कोरोना संक्रमितका लागि अत्यावश्यक मानिएको अक्सिजन आवश्यकताअनुसार भए पनि बजारमा सिलिन्डर अभाव खड्किन थालेको छ ।मन्त्रालय सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार सिलिन्डर ल्याउन कूटनीतिक प्रयास जारी रहेको छ । ‘नेपालमा सिलिन्डर बन्दैन, यदि सिलिन्डर किनेर घरमा राखियो भने भर्ने भाडा बजारमा नभेटिन सक्छ,’ उनले भने, ‘मार्केटमा भएका सिलिन्डर बाहिर देश पनि पठाउनुभएन ।’सरकारले अक्सिजन अभाव नहुने तर सिलिन्डर अभाव हुनसक्ने आँकलन गर्दै विदेशबाट ल्याउन कूटनीतिक पहल भइरहेको स्पष्ट पारेको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट रहे

    • प्रकाशित मितिः वैशाख १५, २०७८
    • 51 पटक पढिएको
  • कोरोना सङ्क्रमितलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) काठमाडौँ महानगरपालिकाले कोरोना (कोभिड–१९) सङ्क्रमित बिरामी र अन्य बिरामीलाई अस्पताल पुर्याउन छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । महानगरपालिकाले सङ्क्रमण न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न मङ्गलबार आयोजित विशेष बैठकले उक्त निर्णय गरेको हो ।बैठकले गरेको निर्णयबारे जानकारी दिँदै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, “हामीले सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोभिड पोजेटिभ भएका बिरामीलाई निःशुल्क अस्पताल पुर्याउने छन् ।यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरपालिकाका विभिन्न क्षेत्रमा अहिलेलाई १०

    • प्रकाशित मितिः वैशाख १५, २०७८
    • 60 पटक पढिएको
  • झन्डै पाँच लाखले छोडे उपत्यका

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यका छोड्ने सर्वसाधारणको चाप बढेको छ । यकिन तथ्याङ्क कतै अद्यावधिक नगरिए पनि यात्रु चाप हेर्दा झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडेको अनुमान छ ।कोरोना भाइरस (कोभिड–१९) महामारीको नयाँ सङ्क्रमण भयावह रूपमा फैलिएको भन्दै त्यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि लागू हुने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।गोँगबुस्थित नयाँ बसपार्क मङ्गलबार बिहानैदेखि घर फर्किनेहरूले खचाखच भरिएको थियो । यातायात व्यवसायी मिन पनेरुले बसपार्कबाट छुटेका प्रायः सबै सवारी साधन यात्रुले भरिभराउ भएको जानकारी

    • प्रकाशित मितिः वैशाख १५, २०७८
    • 62 पटक पढिएको
  • रोकिए सबै परीक्षा

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट ) कोरोना महामारीका कारण मंगलबारदेखि विद्यालय र विश्वविद्यालयका परीक्षा रोकिएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आइतबार शिक्षण संस्थाहरूका परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो । त्रिभुवन विश्वविद्यालले सोमबार परीक्षा लिए पनि मंगलबारदेखि हुने परीक्षा रोकिएका छन् । त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले वार्षिक र सेमेस्टर प्रणालीका सबै परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । त्रिविमा स्नातक र स्नातकोत्तर तहका विभिन्न परीक्षा सञ्चालित थिए ।सीसीए

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • 43 पटक पढिएको
  • अक्सिजनको माग तेब्बर

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) कोरोनाको दोस्रो लहर तीव्र बनेसँगै भारतमा संक्रमितको संख्याले दिनहुँजसो ‘रेकर्ड’ बनाइरहेको छ । त्यहाँ अक्सिजनको अभाव बढ्दै छ । नेपालमा पनि संक्रमितको संख्या बढ्दो छ, जसका कारण यहाँ अक्सिजन माग तीन गुणा बढेको उद्योगी बताउँछन् ।त्रासकै कारण सर्वसाधारणले व्यक्तिगत रूपमा समेत मौज्दात गर्न लागेको उनीहरूको भनाइ छ । यद्यपि नेपालमा अक्सिजन अभाव छैन । समस्या सिलिन्डरमा मात्रै रहेको उद्योगीहरूले जनाएका छन् ।‘पछिल्लो समय अक्सिजनको माग तेब्बर पुगेको छ । भारतका कोभिडसम्बद्ध समाचार प्रभाव र अक्सिजन अभाव हुने अनुमानले दैनिक १५र२० जना व्यक्ति कोभिडको शंका लागेर अक्सिजन लिन आउने ग

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • 56 पटक पढिएको
  • संक्रमण बढेका ९ जिल्लामा निषेधाज्ञा

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट) सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संक्रमणको दर धेरै बढेकाले जोखिम भएका जिल्लामा १५ दिनको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यसअघि काठमाडौं उपत्यकालगायतका जिल्ला प्रशासनले ७ दिनको अवधि तोकेर निषेधाज्ञा घोषणा गरेका थिए । अब यो निषेधाज्ञाको अवधि मन्त्रिपरिषद्को निर्णयअनुसार बढ्नेछ ।‘जिल्ला प्रशासन कार्यालयहरूले ७ दिनको भने पनि मन्त्रिपरिषद्ले १५ दिनको निर्णय गरेको छ, अब यही निर्णय जिल्ला प्रशासनले फलो गर्नेछन्,’ अर्थमन्त्री विष्णु पौडेलले भने । संक्रमण तीव्र भ

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • 47 पटक पढिएको
  • रोकियो कोरोना बीमा दाबी भुक्तानी

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) आफ्नो दायित्वबापतको रकम नदिँदा कोरोना बीमाको दाबी भुक्तानी रोकिएको छ । कोरोना बीमामा कुल दाबी भुक्तानी रकम साढे ३ अर्ब रुपैयाँभन्दा माथि भएमा त्यसपछि दायित्व सरकारले बेहोर्नुपर्ने व्यवस्था छ । तर, अर्थ मन्त्रालयले त्यसबापतको रकम निकासी नगर्दा बीमा कम्पनीहरूले बीमितलाई दाबी भुक्तानी दिन सकेका छैनन् ।नेपाल बीमक संघका एक उच्च अधिकारीले सरकारबाट रकम प्राप्त नहुँदा कम्पनीहरूलाई दाबी भुक्तानी दिन समस्या भएको बताए । ‘आफ्नो दायित्व सकिए पनि कम्पनीहरूले आफ्नो कोषबाट नै दाबी भुक्तानी दिने गरेका थिए । तर, सधैंभरि त्यसरी नै भुक्तानी दिन सम्भव भएन,’ उनले भने, ‘फलस्वरूप अह

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • 36 पटक पढिएको
  • ६३% बढ्यो नेपाल बङ्गलादेशको खुद नाफा, वितरणयोग्य नाफा ९८ करोडभन्दा बढी

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) नेपाल बङ्गलादेश बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत वर्षभन्दा यसवर्ष ६३ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. १ अर्ब ५० लाख १० हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १ अर्ब ६३ करोड ८४ लाख ९ हजार यो नाफा गरेको हो ।यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा भने रू. ९८ करोड ३२ लाख २९ हजार रहेको छ । गत वर्ष यो अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा रू. २ करोड ८० लाख १५ हजार थियो । कम्पनीको सञ्चालन मुनाफा भने गत वर्षभन्दा ५६ दशमलव ४१ प्रतिशत बढी रू. २ अर्ब २८ करोड ८५

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • 36 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा