खेलकुद

    Showing 601-610 of 1,313 items.
  • स्पेन युरोकपको फाइनलमा, फ्रान्स २-१ ले पराजित

    काठमाडौं— स्पेन युरो कपको फाइनल प्रवेश गरेको छ। बुधबार बिहान म्युनिख फुटबल एरेनामा फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन १२ वर्षपछि युरो कपको फाइनल प्रवेश गरेको हो।फ्रान्सका रान्डल कोलो मुआनीले टिमलाई सुरुवाती अग्रता दिलाए पनि त्यो पर्याप्त भएन। फाइनलसम्म अपराजित स्पेनको लागि फ्रान्सविरुद्ध लामिन यमल र डानी ओल्मोले गोल गरे।सेमिफाइनलको सुरुवाती ९ मिनेटमै खेलमा अग्रता लिएको फ्रान्स त्यसलाई जोगाउन नसक्दा समेमिफाइनलबाट बाहिरिएको हो। फ्रान्सका कप्तान केलियन एमबाप्पेले दिएको पासमा खेलको ९ मिनेटमै मुआनीले हेड गोल गरेका थिए।खेलको २१औं मिनेटमा स्पेनका लागि यमलले गोल गर्दै खेल बराबरीमा फर्काए भन

    • प्रकाशित मितिः असार २६, २०८१
    • 327 पटक पढिएको
  • गौतम गम्भीर बने भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षक

    काठमाडौँ- भारतको पुरुष क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त भएका छन्। उनले टी-२० पुरुष विश्वकप २०२४ को सफल अभियान पछि राहुल द्रविडबाट जिम्मेवारी सम्हाल्नेछन्।बीसीसीआई सेक्रेटरी जय शाहले सामाजिक सञ्जालमार्फत यो घोषणा गरेका हुन्। ‘भारतीय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकका रूपमा गौतम गम्भीरलाई स्वागत गर्न पाउँदा निकै खुशी लागेको छ,’ शाहले पोस्ट गरेका छन्।

    • प्रकाशित मितिः असार २५, २०८१
    • 350 पटक पढिएको
  • एशिया कप अभ्यास खेल : श्रीलंकासँग ३३ रनले हार्‍यो नेपाल

    काठमाडौँ- महिला एशिया कपका लागि आज खेलेको पहिलो खेलमा घरेलु टोली श्रीलंकासँग नेपाली महिला क्रिकेट टोली ३३ रनले पराजित भएको छ। नेपालले जितका लागि ११९ रनको लक्ष्य पाएको थियो।नवौँ संस्करणको एसीसी महिला एशिया कपमा सहभागी हुन श्रीलंका पुगेको नेपाली महिला क्रिकेट टोलीलाई श्रीलंका डेभलपमेन्ट ११ ले जितका लागि ११९ रनको चुनौती दिएको थियो।टस जितेर पहिले ब्याटिङ गरेको घरेलु श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११८ रन बनाउँदै नेपाललाई जितका लागि ११९को लक्ष्य दिएको थियो। घरेलु टोलीका लागि आई डुलानी र के नुथ्यांगना दुवैले ४१-४१ बल खेलेर २७र२७ रन बनाए। नेपालका लागि शबनम राईले १४ रन खर्चेर ३ विकेट

    • प्रकाशित मितिः असार २५, २०८१
    • 337 पटक पढिएको
  • रोनाल्डोको नपुरिने रोदन

    काठमाडौँ- पोर्चुगिस टिमलाई लागेको थियो, यो पटक युरो कप जितिन्छ। किनकि, यसपटक पोर्चुगिम टिमसँग भेट्रान खेलाडी क्रिष्टियानो रोनाल्डो र पेपे छन्। ३८ वर्षमा हिँड्दै गरेका रोनाल्डो र ४२ वर्षीय पेपे मैदान उत्रदैथिए। र, पोर्चुगिस टोलीलाई यो पनि थाहा थियो, यो नै अन्तिम युरोकप खेल्दैछन्। यसपटक पोर्चगलका लागि केही राम्रो पनि भयो, रोनाल्डो सबैभन्दा धेरै युरो खेल्ने खेलाडी कहिए। उनी लगालग युरो ६ संस्करण खेल्ने खेलाडी हुन्। यता, पेपे सबैभन्दा पाका खेलाडी। सुरुवाती चरण पोर्चुगलका लागि फलदायी नै रह्यो। फरवार्ड लाइन पनि उत्कृष्ट थियो। इंग्लिस टिममा भिजेका बर्नान्डो सिल्भा र ब्रुनो फरनान्डेजको साझेदा

    • प्रकाशित मितिः असार २३, २०८१
    • 362 पटक पढिएको
  • भेनेजुएलालाई पेनाल्टी सुटआउटमा हराउँदै क्यानाडा कोपा अमेरिकाको सेमिफाइनलमा

    काठमाडौं— भेनेजुएलालाई पेनाल्टी सुटआउटमा हराउँदै क्यानाडा कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा निर्धारित ९० मिनेटको खेल एक/एक को बराबरी भएपछि पेनाल्टी सुटआउट भएको हो । पेनाल्टी सुटआउटमा क्यानाडा ४–३ गोलले विजयी भयो ।क्यानडाका सालोमन रोन्डन र भेनेजुएलाका ज्याकब शेफलबर्गले समान एक गोल गरेका थिए । कोपा अमेरिका फुटबलमा क्यानडा पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।भेनेजुएला सन् २०११ मा सेमिफाइनलसम्म पुगेको थियो । शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा पुगिसकेको छ । 

    • प्रकाशित मितिः असार २२, २०८१
    • 466 पटक पढिएको
  • स्पेन र फ्रान्स युरोकपको सेमिफाइनल प्रवेश

    काठमाडौं— जारी युरोकपमा स्पेन र फ्रान्स सेमिफाइनल प्रवेश गरेका छन् । पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको हो । गएराति जर्मनीको ह्यामबर्गमा भएको खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा फ्रान्सले जित निकालेको हो। पोर्चुगललाई ५-३ गोलअन्तरले पराजित गर्दै फ्रान्सले सेमिफाइनल यात्रा तय गरेको हो।फ्रान्सका लागि औसमाने डेम्बेले, युसुफ फोफाना, जुल्स कौंडे, ब्राडली बारकोला र थियो हर्नान्डेजले गोल गरे भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, बर्नाडो

    • प्रकाशित मितिः असार २२, २०८१
    • 341 पटक पढिएको
  • सन्दीपलाई ए ग्रेडमा राख्ने क्यानको निर्णय

    काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट)मा राख्ने निर्णय गरेको छ।बिहीबार काठमाडौंमा बसेको बोर्ड बैडकले सन्दीपलाई ए ग्रेडमा राख्ने निर्णय गरेको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन्।क्यानले बोर्ड बैठकमा गरेको निर्णयहरू केही समयमा सार्वजनिक गर्ने चन्दले जनाए। बलात्कारको मुद्दा लागेसँगै सन्दीप २०७९ माघदेखि क्यानको खेलाडी वर्गीकरणमा थिएनन्।

    • प्रकाशित मितिः असार २१, २०८१
    • 481 पटक पढिएको
  • मिस भयो मेस्सीको पेनाल्टी सुट, इक्वेडरलाई ट्राइभेकरमा ४-२ ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    काठमाडौं— पेनाल्टी सुट आउटमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। मेसीको पेनाल्टी बारमा लागेर फर्किएको अर्जेन्टिना पेनाल्टी सुट आउटमा ४-२ गोल अन्तरले विजयी भएको हो ।निर्धारित समयमा १-१ को बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय भएको थियो।अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एलेक्सिस म्याक एलिस्टर, गोन्जालो मोन्टिएल र निकोलस ओटामेन्डीले पेनाल्टी सुटआउटमा गोल गरे।इक्वेडरका लागि जोन येबोह र जोर्डी काइसिडोले गोल गर्दा एन्जल मेना र एलन मिन्डाको प्रहार गोल हुन सकेन ।खेलको ३५औं मिनेटमै लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रत

    • प्रकाशित मितिः असार २१, २०८१
    • 362 पटक पढिएको
  • सेमिफाइनल प्रवेशका लागि अहिले अर्जेन्टिना र इक्वेडर भिड्दै

    काठमाडौं— कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेशका लागि अहिले केहीबेरमा अर्जेन्टिना र इक्वेडरको खेल हुँदैछ ।साबिक विजेता अर्जेन्टिनाले कोपा अमेरिकाको सेमिफाइनल प्रवेशका लागि इक्वेडरसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अहिले ६:४५ बजे सुरु हुनेछ।इक्वेडर समूह ‘बि’को उपविजेता बन्दै अन्तिम आठमा पुगेको हो। अर्जेन्टिना समूह ‘ए’ को विजेता हो।अर्जेन्टिनाले क्यान्डालाई २-०, चिलीलाई १-० र पेरुलाई २-० गोलअन्तरले पराजित गरेको छ ।शनिबार पेरुविरुद्धको खेल गुमाएका अर्जेन्टियन स्टार लियोनल मेस्सी इक्वोडरविरुद्धको खेलमा मैदानमा छन् । ह्यामस्ट्रिङको समस्याका कारण मेसीले शनिबार पेरुविरुद्धको खेल गुमाएक

    • प्रकाशित मितिः असार २१, २०८१
    • 514 पटक पढिएको
  • पाराग्वेलाई हराए पनि समूह चरणबाटै बाहिरियो कोस्टारिका

    काठमाडौं— अन्तिम खेलमा जितको बाबजुद कोस्टारिका कोपा अमेरिकाको समूहचरणबाटै बाहिरिएको छ।क्वू टू स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा समूह डी को अन्तिम खेलमा कोस्टरिकाले पाराग्वेलाई २-१ गोलअन्तरले पराजित गरेको हो। जितसँगै कोस्टरिकाले तीन खेलबाट चार अंक जोड्यो। कोस्टरिका समूहमा तेस्रो भयो। यो समूहबाट कोलम्बिया विजेता र ब्राजिल उपविजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरे। पाराग्वे जित र अंकविहीन रह्यो।पहिलो हाफको सात मिनेटभित्रै फ्रान्सिस्को क्याल्भो र जोसिमार अल्कोसरले गोल गर्दै कोस्टरिकालाई अग्रता दिलाएका थिए। ५५औं मिनेटमा रामोन सोसाले गोल गर्दै पराग्वेलाई २-१ को स्थितिमा ल्याएका थिए। तर, त्य

    • प्रकाशित मितिः असार १९, २०८१
    • 485 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा