धर्म/संस्कृति

    Showing ४०१-४१० of ९७९ items.
  • काठमाडौं उपत्यकामा चहलपहल बढ्यो, टीका लगाएर फर्किनेहरुको संख्या बढ्दो

    काठमाडौं— हिन्दुहरुको महान पर्व वडादशैंको मुख्य दिन आज(विहीबार) साइतको टीका सकिएपछि सडकहरुमा मानिसहरुको चहलपहल देखिन थालेको छ ।काठमाडौं उपत्यका नजिकका जिल्लाबाट काठमाडौं फर्किने र टीका एव आशिर्वाद लिन हिडडुल गर्ने मानिसहरुको चाप बढेको छ । तीन दिनयता सुनसान देखिएका काठमाडौंका सडकमा मानिसहरुको उपस्थिति देखिन थालेको हो । सडकहरूमा सवारी चाप बढेको छ । सडकमा हिँड्डुल गर्ने मानिसहरुको संख्या पनि बढेको छ ।  विशेषगरी काठमाडौंको कोटेश्वर, कलंकी, गंगबु, महाराजगन्ज साथै भित्रि सडकहरुमा पनि मानिसहरुको भीड बढ्दै गएको छ ।बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रू

    • प्रकाशित मितिः असोज १६, २०८२
    • ६८३ पटक पढिएको
  • आज विजयादशमीको मुख्य दिन, मान्यजनबाट टीका–जमरा ग्रहण गरिँदै

    काठमाण्डौ । दुर्गा पक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।दसैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:५३ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताएका छन ।राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साह शक्ति प्राप्त हुने

    • प्रकाशित मितिः असोज १६, २०८२
    • ५२२ पटक पढिएको
  • मिथिलामा आज रावण वध उत्सव

    काठमाडौं— मधेसको मिथिला क्षेत्रमा विजयादशमीका दिन आज रावण वध उत्सव हुँदैछ । महोत्तरीको मटिहानीमा आज विजयादशमीका दिन रावण वध उत्सव मनाइने भएको हो । श्रीराम मिथिलाका ज्वाइँ भएको र यहाँकी छोरी सीताको हरणकर्ता भएर पनि रावण वध मैथिलहरूका लागि उत्सव बन्दै आएको मानिन्छ ।  वर्षौंदेखि विजयादशमीका दिन श्रीरामले असुर रावणको सम्हार गरेको स्मरणमा प्रतिकात्मक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ । विजयादशमीको दिन साँझको बेला दशानन (दश टाउको भएको) अजङ्को रावण प्रतिमालाई श्रीरामले चलाएको तीरले शिरछेदन गरिएको दृश्य देखाएर उत्सव मनाउने परम्परा गरिएको छ । यस प्रयोजनका लागि दुर्गा मन्दिर परिसरमा अजङ्

    • प्रकाशित मितिः असोज १६, २०८२
    • ५७६ पटक पढिएको
  • आज बडा दशैंको टीकाको उत्तम साइत बिहान ११:५३ मा

    काठमाण्डौ । यस वर्षको विजया दशमीको दिन मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद टीका र जमरा लगाउने उत्तम साइत आज बिहान ११:५३ बजे रहेको छ।घटनास्थापनाको दिनदेखि पूजा आराधना गरिएकी नवदुर्गा अर्थात देवी बिसर्जन गरेपछि टीका शुरु हुन्छ। दुर्गा भवानीको प्रसाद टीका र जमरा लगाउन साइत कुर्नु नपर्ने भएकोलै आजदेखि कोजाग्रत पू्णिमासम्म नै लगाउन सकिने तर साइतमै लगाउन खोज्नेका लागि भने विहान ११:५३ बजेको साइत उत्तम रहेको पञ्चांग निर्णायक विकास समितिको भनाइ छ।यसैगरी आज बिहान ९:२३ बजे देवी विसर्जनको साइत रहेको छ। घटस्थापनाको दिनमा दशैं घर वा पूजाकोठामा विधिपूर्वक नवदुर्गा स्थापना गरी जमरा राखेर महानवमीसम्म दुर्

    • प्रकाशित मितिः असोज १६, २०८२
    • ५१० पटक पढिएको
  • नयाँ टेक्नोलोजीसँगै हराएको दशैं

    काठमाडौं— परम्परा, संस्कार र सामूहिकतामा आधारित नेपालीको सबैभन्दा ठूलो चाड दशैं आधुनिक प्रविधिको विस्तारसँगै आफ्नो मौलिकता गुमाउँदै गएको छ। विगतका वर्षहरूमा जसरी छतमा चंगा उडाउने, गाउँका पिङ खेल्ने, घर लिपपोत गर्ने र सामूहिक पूजाआर्जना गर्ने चलन थियो, अहिले ती प्रथाहरू झन्झन् ओझेलमा पर्दै गएका छन्।सहर मात्र होइन, गाउँघरमा समेत छतहरू सुनसान देखिन थालेका छन्। न बालबालिकाले चंगा उडाउँछन्, नटोलमा पिङ गाडिएको देखिन्छ। घरका जेठा सदस्यबाट खाममा पैसा थाप्ने चलनलाई अहिले डिजिटल वालेटले विस्थापित गर्न थालेको छ।सिन्धुपाल्चोक घर भई भत्तपुर बस्ने ६५ वर्षीय शिवप्रसाद भन्छन्, “हामी त चंगा उडाएर, पिङ खेल्दै,

    • प्रकाशित मितिः असोज १५, २०८२
    • १,४३८ पटक पढिएको
  • राजदेवी मन्दिरमा १४ हजार ९ सय ३ बोकाको बलि प्रदान

    जनकपुर— जनकपुरधामको राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ९ सय ३ वटा बोकाको बलिप्रदान भएको छ ।हिजो राति महापूजा पश्चात सुरु भएको बोकाबली कार्यक्रम बिहान ३ बजेर ५५ मिनेटमा समाप्त भएको थियो । बोकाबलीका लागि चारवटा ठेहा राखिएको थियो । यस वर्ष पनि नेपालका विभिन्न भागबाट भाकल पूरा भएकाहरु बोका चढाउन आएका थिए । भारतको सीमावर्ती क्षेत्रहरुबाट पनि श्रद्धालुभक्तजनहरु बोका चढाउन आएका थिए ।अष्टमीको राती राजदेवीमा बोका बलि दिने परम्परा छ । स्थानीय महावीर युवा कमिटी, गणेश युवा कमिटी, राम युवा कमिटीले बोका बलिको व्यवस्थापन गरेका थिए ।बलि दिन युवा कमिटीहरूले संयुक्त रूपमा उल्लेखनीय सङ्ख्यामा स्वयंसेवक परिचालन गरे

    • प्रकाशित मितिः असोज १५, २०८२
    • ५८५ पटक पढिएको
  • राहदानी रोक्काको निर्णयप्रति कांग्रेसको आपत्ति, सरकारलाई 'राजनीतिक प्रतिशोध' नगर्न चेतावनी

    काठमाडौं— नेपाली कांग्रेसले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएको छ।पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'सरकारले पूर्वप्रधानमन्त्रीलगायत नेताहरूको राहदानी रोक्का गर्नु र देशभित्रै पनि आवतजावतमा रोक लगाउनु स्पष्ट राजनीतिक प्रतिशोध हो।'गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भएको घटनाको छानबिनका लागि गठित आयोगको सिफारिसमा सरकारले उक्त निर्णय गरेको हो। राहदानी रोक्का गरिएका अन्य व्यक्तिमा गृहमन्त्रालयका पूर्वसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानक

    • प्रकाशित मितिः असोज १५, २०८२
    • ५१६ पटक पढिएको
  • अष्टमीका अवसरमा उग्रचण्डी भगवती मन्दिरमा विशेष भीडभाड

    काभ्रे— नवरात्रिको अष्टमी तिथि पारेर आज काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण उग्रचण्डी भगवती मन्दिरमा भक्तजनहरूको विशेष भीडभाड देखिएको छ। बिहानैदेखि टिका, फूलमाला, धूपदीप र प्रसादसहित भक्तजनहरूको ओइरो लागेको हो।प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन यहाँ विशेष पूजा, बलि, र भजनकीर्तन आयोजना गरिन्छ। यसवर्ष पनि स्थानीयवासीदेखि लिएर काठमाण्डौ, भक्तपुर, ललितपुर लगायतका विभिन्न स्थानहरूबाट दर्शनार्थीहरू मन्दिरमा उपस्थित भएका छन्।मन्दिर क्षेत्रका प्रमुख पुरोहितका अनुसार, आजको दिन देवी उग्रचण्डीलाई विशेष शक्तिशाली रूपमा पूजा गरिन्छ। “अष्टमीका दिन देवी प्रसन्न हुने विश्वास रहेकोले

    • प्रकाशित मितिः असोज १४, २०८२
    • ६३३ पटक पढिएको
  • बडादशैं एवं नवरात्रको आठौँ दिन, आज महागौरीको पूजाआजा गरिँदै

    काठमाण्डौ । बडादशैं एवं नवरात्रको नवौं दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौं महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ।प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ। तिथि वृद्धि नभएका वर्ष नवरात्रको आठौं दिन पर्ने भए पनि यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवौं दिन महागौरी देवीको पूजा गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए।किंवदन्तीअनुसार महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एकदिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गरेका छन्।

    • प्रकाशित मितिः असोज १४, २०८२
    • ६४३ पटक पढिएको
  • भारतको सिलिगुढीमा दुर्गा पूजाको रमझम, शहर झकिझकाउ

    एजेन्सी— पूर्वी नेपालसँग सीमा जोडिएको भारत पश्चिम बंगाल अन्तर्गत सिलिगुडीमा दुर्गा पूजाको रमझम सुरु भएको छ ।बंगालको सबैभन्दा प्रतिक्षित पर्व दुर्गा पूजा शुक्ल पक्षको षष्ठी तिथिमा सुरु हुने र विजयादशमीमा दुर्गा विसर्जनसँगै समापन हुने गर्दछ ।जसका कारण बंगालमा शहरहरु जीवन्त उत्सवले भरिएका छन् । सजाइएको पण्डालदेखि उत्साहजनक सांस्कृतिक प्रदर्शन, भक्ति , परम्परा र सामुदायिक बन्धनलाई प्रतिबिम्बित गरिरहेको छ ।सिलगढीमा विभिन्न उत्सवमा समितिहरू र सांस्कृतिक समूहहरूले पौराणिक विषयवस्तु र आधुनिक कलात्मकता दुवैबाट प्रेरित भव्य पण्डालहरू स्थापना गर्न कुनै कसर बाँकी राखेका छैनन्।स्थानीय कालीगढहरूद्वारा बनाइए

    • प्रकाशित मितिः असोज १३, २०८२
    • ६७८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.