काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ६३ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपैयाँ १७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ १६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ३० पैसा र बिक्रीदर १०३ रुपैयाँ ७४ पैसा, सिङ्ग
काठमाडौं— जेनजी आन्दोलनपछि लघुवित्त तथा मिटरब्याज पीडितले पनि राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलको राजीनामा मागेका छन् ।शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पुष ७ गतेदेखि राजधानी केन्द्रीत आन्दोलनको घोषणासमेत गरेको छ ।‘लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समित नेपाल’ र ‘मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन’ मिलेर बनेको ‘संयुक्त जनअधिकार आन्दोलन नेपाल’ले पुष ७ गते काठमाडौं केन्द्रीत आन्दोलन गर्ने घोषण गरेको हो ।संघर्ष समितिका उपाध्यक्ष मणिप्रसाद चौलागाईले बिगतमा पीडितका मागहरुको संबोधन गर्न सरकार तयार हुँदासमेत गभर्नर पीडककै पक्षमा लागेर आफूहरुलाई अन्याय गरेको जिकिर गर
विराटनगर— कोशी प्रदेश मातहत रहेका सहकारीहरूको नियमन समेत गर्ने निकाय प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका रजिष्ट्रार भुपेन्द्र खनालले सहकारीमा एलिट वर्ग(जुन प्रभावशाली हुन्छ) हाबी हुँदा समस्या आइपर्ने गरेको बताएका छन् । ‘सहकारीको वास्तविक मर्म गरिबी निवारण गर्नका लागि श्रमिक मजदुरहरूले चलाउने भन्ने हो । तर, समाजका एलिट बर्गले चलाएको पाइरहेका छौँ । हामीले यसको सिद्धान्तमा रहेर चल्ने बनाउन सक्नुपर्दछ ।’खनालका अनुसार कोशी प्रदेशका सहकारीलाई व्यवस्थित गर्नका लागि कार्यालय लागि परेको छ । प्रदेशमा समस्या देखिएका सहकारीहरूको हिसाब छानबिन गरिरहेको उल्लेख गर्दै प्रतिवेदनका आधारम
काठमाडौं— मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘११औँ नेपाल वुड इन्टेरनेशनल एक्स्पो तथा नेपाल फर्निचर एक्स्पो २०२५’ आज देखि सुरु भएको छ ।काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको उक्त प्रदर्शनी पौष ६ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूसँग सम्बन्धित स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्राण्डहरूका १०० भन्दा बढी स्टलहरू रहेका छन् ।फर्निचर, प्लाइउड तथा काठ औजार उत्पादक
काठमाडौं— काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को अन्तिम लेखापरीक्षण सुरु भएको छ । महालेखापरीक्षकको कार्यालयका निर्देशक मुकुन्द घिमिरेको नेतृत्वमा खटिएको टोलीले लेखापरीक्षण सुरु गरेको हो ।लेखापरीक्षण अघि भएको बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले विवरण, आधार, प्रमाण तथा कारण समयमै उपलब्ध नगराउँदा बेरुजु बढ्ने जोखिम रहने उल्लेख गर्दै सबै विभागीय प्रमुखलाई स्पष्ट जानकारी र आवश्यक कागजात तत्काल उपलब्ध गराउन निर्देशन दिएको थियो ।त्यस्तै प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले महानगरपालिकाको संगठन संरचना, दरबन्दी, सेवा विस्तारसँग सम्बन्धित जनशक्ति व्यवस्थापन, जारी
काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५८ हजार ४०० रुपैयाँ कायम छ । छापावाल सुन बिहीबार प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार पाँच रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।
बाजुरा— बाजुराको मार्तडी– कोल्टी सडकखण्डको बडीमालिका नगरपालिका ८ र ७ को बिचमा पर्ने अनाई खोलामा निर्माणधीन पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।ठेक्का सम्झौता भएको दुई बर्ष भित्र उक्त पक्की पुलको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको हो। गत असार मसान्तसम्म पुलको निमार्ण कार्य सम्पन्न गर्ने लक्ष्य राखिए पनि बर्षातको समयमा सामान ढुवानीमा समस्या हुँदा काममा ढिलासुस्ती भएको हो।२०८० मंसिर २९ गते ठेक्का सम्झौता भएको उक्त पुलको निमार्ण कार्य अहिले करिब ९० प्रतिशत पूरा भएको छ । ५ करोड ३४ लाख १० हजार ९१८ रुपैँया लागतमा आईएस पावर अफ जेभी निर्माण कम्पनीले २०८० मंसिर २९ गते पुल निमार्णको ठेक्
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९२ रुपैयाँ ४० पैसा र बिक्रीदर १९३ रुपैयाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ २२ पैसा र बिक्रीदर १८१ रुपैयाँ ९८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९५ पैसा
काठमाडौं— देशको साहसिक यात्रा क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको एड्भेन्चर ह्वाइट माउन्टेनले नयाँ पदयात्रा र साहसिक प्याकेजहरू सावर्जनिक गरेको छ ।विश्वभरका पदयात्रीहरूलाई आकर्षित गराउन परिष्कृत यात्रा कार्यक्रमहरू, विलासी र प्रामाणिक हिमालयी अनुभवहरूमा गहिरो ध्यान केन्द्रित गर्दै नयाँ पदयात्रा र साहसिक प्याकेजहरू एड्भेन्चर माउन्टेनले सावर्जनिक गरेको हो । नयाँ प्याकेजहरूले अनुभवी अन्वेषकहरू र आराममा सम्झौता नगरी नेपालको प्राकृतिक भव्यताको स्वाद खोज्नेहरू दुवैलाई पूरा गर्ने ह्वाइट माउन्टेनले जनाएको छ ।नेपालको पर्यटन क्षेत्र विगतका समस्याहरुबाट मुक्त हुँदै गर्दा पदयात्रा यसको महत्वपूर्ण
काठमाडौं— अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो तीन महिनाको अवधिमा करिब करिब १० प्रतिशतको हाराहारीमा कर एवम राजस्व वृद्धि भएको बताएका छन् । विहीबार काठमाडौंमा आयोजित गोरखापत्र डिस्कोर्समा उनले आर्थिक गतिविधि लयमा फर्किएको भन्दै असोज, कार्तिक, मंसिर र पुषको आजको अवधिसम्म आइपुग्दा करिब १० प्रतिशतको हाराहारीमा कर, राजस्व वृद्धि भएको बताए ।उनले भने, ‘अर्थतन्त्रमा आर्थिक गतिविधिहरु चलायमान छन् कि छैनन्, उत्पादनका कामहरु बढेका छन् कि छैनन्, आम उपभोक्ताको मनोबल बढेको छ कि छैन भन्ने सूचकहरु मूलभूत रुपमा सरकारको कर र राजस्व संकलन साथै भन्सारमा भइरहेको संकलनले संकेत गर्छ । यि सबै हेर्दा गएको तीन महिनाको अ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.