एजेन्शी  ।  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आइआरजीसी)ले अमेरिकी नौसेनाको विमान वाहक ‘अब्राहम लिंकन’माथि हमला गरेको दाबी गरेको छ।

बीबीसी पर्शियनका अनुसार आइआरजीसीको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी नौसेनाको विमान वाहक अब्राहम लिंकनमाथि चारवटा मिसाइल प्रहार गरिएको छ।’ आइआरजीसीले ‘दुश्मनमाथिको हमला अब नयाँ चरणमा प्रवेश गरेको’ उल्लेख गरेको छ।

यद्यपि, अन्य स्रोतहरूले भने हालसम्म अमेरिकी विमान वाहक अब्राहम लिंकनमाथि भएको भनिएको हमलाको पुष्टि गरेका छैनन्। अब्राहम लिंकन हालः फारसको खाडी र अरब सागर आसपास तैनाथ रहेको बताइएको छ।