काठमाण्डौ । लागु औषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा एम्फेटामाइन कारोबारमा संलग्न २ जनालाई पेस्तोलसहित पक्राउ गरेको जनाएको छ।
ब्यूरोका अनुसार प्रहरी टोलीले चावहिल क्षेत्रबाट जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका–४ स्थायी ठेगाना भई हाल बुढानिलकण्ठ नगरपालिका–४ बस्ने ५३ वर्षीय टक बहादुर गुरुङ र तनहुँ बन्दिपुर–७ स्थायी ठेगाना भई हाल टोखा नगरपालिका–८ प्रगति नगर बस्ने ७० वर्षीय दिल बहादुर गुरुङलाई पक्राउ गरेको हो।
उनीहरूबाट लागु औषध एम्फेटामाइन ३०१ ग्राम ४९० मिलिग्राम, डिजिटल तराजु २ थान, ९ एमएम पेस्तोल १ थान र सोको म्यागजिन १ थान बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि लागु औषध नियन्त्रण ऐन, २०३३ तथा हातहतियार तथा खरखजना ऐन, २०१९ बमोजिम मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
.jpg)






































