काठमाडौँ – काठमाडौँ महानगरपालिका अन्तर्गत वनस्थली क्षेत्रमा कुखुरा बोक्ने सवारी साधनबाट फोहोर फालिएको घटनामा सवारी धनीलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
वडा नम्बर १६, वनस्थलीमा ग १ क ६५५७ नम्बरको गाडीले कुखुरा झार्ने क्रममा सडक पेटीमै फोहोर गरेपछि महानगर प्रहरी बलले कारबाही गरेको हो ।
महानगर प्रहरीका अनुसार उक्त सवारीका धनी सुरेन्द्र भण्डारीबाट २५ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।





































