काठमाडौं – काठमाडौं जिल्ला प्रशासनले होली पर्व शान्तिपूर्ण र सुरक्षित रूपमा मनाउन अनुरोध गर्दै सार्वजनिक स्थानमा भीडभाड, मेला–महोत्सव र मदिरा बिक्री–वितरण नगर्न निर्देशन दिएको छ।
कार्यालयले परिवार र साथीभाइसँग घरपरिसरमै होली मनाउन सकिने भए पनि खुला सडकमा अनावश्यक सभा, जुलुस वा निर्वाचन चिह्न/सामग्री प्रयोग नगर्न आग्रह गरेको छ। साथै, अन्य व्यक्तिको इच्छाविपरीत रङ हाल्ने, मदिरा सेवन गर्ने वा सार्वजनिक मर्यादा भंग गर्ने काम कानुनविपरीत हुने सूचनामा उल्लेख गरिएको छ।