काठमाडौं— नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन) लाई पितृशोक परेकोमा दुःख व्यक्त गरेका छन् । सोमबार संयोजक दाहालले मेयर शाहका बुबा रामनारायण साहप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुःख व्यक्त गरेका हुन् ।

संयोजक दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्– ‘काठमाडौं महानगरका नगर प्रमुख बालेन्द्र शाहलाई पितृशोक परेकोमा दुःख व्यक्त गर्दछु। मृतक बुवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यस दुःखद घडीमा शाह परिवारलाई धैर्य र शक्ति मिलोस् । हार्दिक समवेदना प्रकट गर्दछु।’ 

आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका बालेनका बुबा रामनारायण साहको सोमबार दिउँसो उपचारको क्रममा निधन भएको हो ।