काठमाण्डौ । धनुषाको मिथिला बिहारी नगरपालिकाका वडाध्यक्षको गोली प्रहार गरी हत्या भएको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष ४८ वर्षीय विन्देश्वर यादवको  शुक्रबार साँझ ६ बजेतिर गोली हानेर हत्या भएको हो ।

गाउँमा भोजभतेरको विषयमा दुई पक्षबीचको विवादको छुटाउन पुगेका वडाध्यक्ष यादवलाई स्थानीय शम्भु यादवले गोली प्रहार गरी हत्या गरेको आरोप छ । शम्भु नेपाल प्रहरीमा कार्यरत रहेको बताइएको छ । विवादका क्रममा भएको झडपमा ७ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

अभियुक्त शम्भुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयका अनुसार दुईपक्ष विवाद हुँदा शम्भुले वडाध्यक्षको छातीमा गोली प्रहार गरेका थिए । वडाध्यक्ष यादव स्वतन्त्रबाट निर्वाचित भएर पछि नेकपा एमाले प्रवेश गरेका थिए ।

वडाध्यक्ष यादव शव अहिले प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । अध्यक्ष यादवका दाजु रामवरण यादव र राजकिशोर यादवमाथि धारिलो हतियार प्रहार भएको छ । उनीहरूको उपचार भइरहेको छ ।Screenshot_2025_1114_202007वडाध्यक्ष यादव उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । थप विवरण आउन बाँकी छ ।