काठमाण्डौ  ।  काठमाण्डौको बौद्धबाट एक करोड ४४ लाख रुपैयाँ नगदसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–६, बौद्ध नयाँबस्तीमा कोठा भाडामा बसेका ४० वर्षीय वाङ जियानलाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनको कोठामा खानतलासी गर्दा ठूलो मात्रामा नगद फेला पारेको र उक्त रकमको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार रकम र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि प्रक्रियामा अघि बढाइएको छ।