काठमाडौं— प्रतिस्थापन विधेयकहरू फास्ट ट्र्याक अघि बढाइने भएको छ । सरकारले संसद अधिवेन नरहेका बेला ल्याएका विभिन्न पाँच वटा अध्यादेश स्वीकृत भएपछि सरकारले प्रतिस्थापन विधेयक ल्याएको छ । 

सबै प्रतिस्थापन विधेयक संसदीय समितिमा नलगेरै अगाडि बढाउने तयारी संसद सचिवालयको छ । गत माघ १८ गते सबै अध्यादेश दुवै हाउसमा प्रस्तुत भएका थिए ।

OM Sai Pathibhara Hospital

त्यसको ६० दिनभित्र प्रतिस्थापन विधेयक पास भएर पनि प्रमाणीकरण भइसक्नुपर्ने समयको दबाबमा रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । गिरीका अनुसार दुइटा प्रतिस्थापन विधेयकमाथि सैद्धान्तिक छलफल सकिएको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो । बुधबार नै सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो । यी दुई विधेयकमाथि सांसदहरूलाई संशोधन प्रस्ताव दर्ता गर्ने बाटो खुलेको छ ।


बाँकी तीन वटा विधेयकमाथि आगामी बैठकमा सैद्धान्तिक छलफल गर्ने तयारी छ । प्रतिनिधि सभाको अर्को बैठक आगामी चैत ३ गते बस्ते तय भएको छ । उक्त बैठकमा तीन वटा विधेयकमाथि सैद्धान्तिक छलफल गरेर अगाडि बढाउन लागिएको हो ।