काठमाण्डौ । जाजरकोटमा बुधबार राती जिप दुर्घटना हुँदा एकमहिने बालकसहित पाँच जनाको मृत्यु भएको छ।
बुधबार राति ११ बजे जाजरकोटको नलगाड नगरपालिका-३ बिरखोला कैना-कड्के सडक खण्डमा ग.३ च.९८४५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको हो। सातजना सवार रहेको जिपमा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा जाजरकोट नलगाड नगरपालिका-३ करुवा बस्ने अन्दाजी ३२ वर्षीय इन्द्रजित थापा उनी जिप चालक थिए , अन्दाजी ६५ वर्षीया शिला पुन, अन्दाजी ३३ वर्षीया सारदा थापा, अन्दाजी १८ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मी पुनको एक महिनाको छोरा आलोचन रोकाको मृत्यु भएको हो।