काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजानको बाकु सहरमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धि (कोप–२९) सम्मेलनमा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रस्थान गर्दै छन्।

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन लागेका पौडेलले कात्तिक २७ गते ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्नेछन्।

OM Sai Pathibhara Hospital


नेपालले कात्तिक २८ मा एक उच्चस्तरीय सत्रको आयोजना गरी पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि सम्बोधनका अनुभव प्रस्तुत गर्नेछ। सम्मेलन मंसिर ७ सम्म चल्नेछ, र राष्ट्रपति पौडेल कात्तिक ३० मा स्वदेश फर्कने तालिका छ।