काठमाडौं–नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल किसान महासङ्घमा थप ५१ जना सदस्य मनोनित गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासङ्घ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ५१ जनालाई मनोनयन गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, यसअघि सभापति देउवाले उक्त तदर्थ कार्यसमितिमा दुई सय ३३ सदस्य थप गरेका थिए । यससँगै महासङ्घको तदर्थ कार्यसमिति अझै विस्तार भएको छ ।
