काठमाण्डौ   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रही गण्डकी प्रदेशको केही, कोशी, बागमती र लुम्बिनी  प्रदेशका थोरै तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानहरूमा हल्का  देखि मध्यम वर्षा भइरहेको छ । 

दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बाग्मती  र सुदूरपश्चिम प्रदेशका एक\दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

OM Sai Pathibhara Hospital

राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम  प्रदेशका एक\दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।