काठमाडौँ- नेपालको विदेशी मुद्रा सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको छ। गएको जेठ मसान्तसम्मको नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्दा सोही बमोजिमको बराबरको रकम सञ्चिति रहको देखिएको छ।
सञ्चिति रकम २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको तथ्यांकले देखाएको छ। जहाँ, कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले वृद्धि भई २०८१ जेठ मसान्तमा १९६७ अर्ब १९ करोड पुगेको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ जेठ मसान्तमा २५।७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३४५ अर्ब ७८ करोड रहेकोमा २०८१ जेठ मसान्तमा ३०.२ प्रतिशतले वृद्धि भई १७ खर्ब ५२ अर्ब ७७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ जेठ मसान्तमा १०.८ रहेको छ।





































