काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले रवि लामिछानेसँग दुईवटा पासपोर्ट रहेको खुलाएका छन्।

रास्वपाको बर्खास्तीपछि ढकालले पत्रकार सम्मेलन गर्दै आफू लामिछानेको पासपोर्ट काण्ड लुकाउन लागेको स्वीकारेका छन्। उनले रविले देशमा केही गर्छन् भन्ने अपेक्षाले सोही काम गरेको बताएका छन्।  

OM Sai Pathibhara Hospital

यस्तै, पार्टी सभापति रवि लामिछानेसँगकै सल्लाहमा समीक्षा प्रतिवेदनबारे सञ्चार माध्यममा बोलेको बताएका छन्।

उनले देशका विभिन्न जिल्ला घुमेर ल्याएको समीक्षा प्रतिवेदनबारे के कुरा बोल्ने र के कुरा नबोल्ने भनेर सभापति लामिछानेसँग सल्लाह गरेरै मिडियामा प्रतिवेदनका केही अंश भनेको दाबी गरे।

ढकालले पत्रकार सम्मेलन गरेर राखेका विषयको भिडियो हेर्नुहोस्