काठमाडौँ- नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनबाट तीन जना पदाधिकारी मात्रै चयन गरि प्रतिनिधिहरूलाई घर पठाएकोप्रति पार्टीकी निवर्तमान सचिव रामकुमारी झाँक्रीले असन्तुष्टी जनाएकी छिन्।

एकीकृत समाजवादीको प्रज्ञाभवनमा चलेको महाधिवेशनमा अध्यक्ष, सम्मानित नेता महासचिवमा सर्वम्मती भएको थियो। त्यस अनुसार अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल दोहोरिएका थिए।

OM Sai Pathibhara Hospital

तर, अन्य बाँकी पदाधिकारी चयन सचिवालयले गर्ने भन्दै महाधिवेशन प्रतिनिधिलाई घर पठाएपछि झाँक्रीले असन्तुष्टि जनाएकी हुन। उनको असन्तुष्टि मुख्यगरि महाधिवेशनको अध्यक्ष मण्डलको अध्यक्ष रहेका झलनाथ खनालप्रति छ।

‘अध्यक्ष र महासचिव सर्वसम्मत गर्न म समेतको प्रयास सफल भएको हो,’ झाँक्रीले समाजिक संजाल एक्समा लेखेकी छिन्, ‘तर अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनाललाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सर्वसम्म गर्‍यौं,  भयो भनेर प्रतिनिधिहरूलाई घर पठाउने म्यान्डेट कसले दियो? को पदाधिकारी? को सदस्य ? खैत खनाल कमरेड?’ 

एकीकृत समाजवादीले बरिष्ठ नेता, उपाध्यक्ष, उपमहासचिव, सचिव लगायतका १८ पदाधिकारी छान्न बाँकी छ। त्यस्तै पदाधिकारीबाहेक २७८ केन्द्रीय सदस्यको पनि टुंगो लगाउनुपर्ने छ।

भोलि ११ बजेसम्म छलफल गरेर समग्र नेतृत्व घोषणा गर्ने तयारी एकीकृत समाजवादीको छ।