काठमाडौँ- नेकपा एमालेले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न–नगराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराएको छ।

बिहीबार विज्ञप्तिमार्फत एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीले विश्वासको मत पाउने अवस्था नरहेको र अल्पमतमा परेको उल्लेख गर्दै दीर्घकालीन निर्णय नगर्न आग्रह गरेका हुन्।

OM Sai Pathibhara Hospital

साथै, एमालेले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्नसमेत प्रधानमन्त्री दाहाललाई आग्रह गरेको छ।