काठमाण्डौ  ।  गृहमन्त्रालयले चार जना प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को पदस्थापना गरेको छ । सात जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा पनि भएको छ ।IMG-20240417-WA0001 6

गृहमन्त्रीस्तरीय निर्णयबाट एसएसपीहरु श्यामकृष्ण अधिकारीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, रवीन्द्र रेग्मीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय, भीमबहादुर दाहाललाई कोशी प्रदेश प्रहरी कार्यालय र नान्तिराज गुरुङलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा काज सरुवा गरिएको प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्कीले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

यस्तै प्रहरी प्रधान कार्यालयले सरुवा गरेका एसपीहरु काजीबहादुर आचार्यको काठमाडौं अपराध अनुसन्धान कार्यालय बबरमहलमा, प्रहरी कार्यालय पश्चिम नवलपरासीमा ज्ञानेन्द्रप्रसाद फुयाल, मानव बेचविखन अनुसन्धान शाखामा एकनारायण कोइराला, प्रदीपबहादुर क्षेत्री कोशी प्रदेश प्रहरी गण, हरिहर योगी बागमति प्रहरी कार्यालय र मधेश प्रहरी गणमा नारायण रन्जितको सरुवा भएको हो । र, अनन्तराम शर्माको गण्डकी प्रदेश प्रहरी गण, पोखरा सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।