काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको जिम्मेवारी सम्हालेको १ सय दिनमा भए गरेका कामको सूची सार्वजनिक गरेका छन् ।IMG-20240417-WA0001 6मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा उनले नीतिगत तथा कानूनी प्रबन्ध, शान्ति सुरक्षा र अपराध नियन्त्रण, सीमा तथा अध्यागमन प्रशासन, विभागीय तथा मातहतका निकायमा निर्देशन र कार्य सम्पादन सहजीकरण, राजस्व चुहावट नियन्त्रण, सूचना प्रविधिको प्रयोग र विविध अन्तर्गत गरिएका कामको फेहरिस्त प्रस्तुत गरेका छन् ।