काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिका–११ कपन पैँयुटार डेरा गरी बस्ने सिन्धुपालचोक हेलम्बु गाउँपालिका–२ घर भएका २३ वर्षीय अर्जुन दर्नाल सुनारलाई एक थान कटुवा पेस्तोलसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

IMG-20240417-WA0001 9

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । उनका अपराधिक गतिविधिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।