काठमाण्डौ  । काठमाडौंको तारकेश्वर नगरपालिका-९, मनमैजुमा प्रहरी जवान मृत भेटिएका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंकाका अनुसार ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरे मृत भेटिएका हुन् । शुक्रवार राति प्रहरी जवान युवराज घिमिरे मृत अवस्थामा फेला परेका हुन्।दरबारमार्ग ट्राफिकमा कार्यरत उनी बालाजुस्थित मनमैजुमा मृत भेटिएको बताइएको छ।IMG-20240326-WA0001 4

बिहीबार ड्यूटी सकेर निस्किएका उनी त्यसपछि कार्यालयमा फर्किएका थिएनन् । अपराह्न मृत भेटिएको खबर आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली घटनास्थलमा पुगेको छ ।

OM Sai Pathibhara Hospital

उनी ट्राफिक पोसाकमै मृत फेला परेका हुन्।घटनास्थलमा पुगेका एक प्रहरी अधिकृतका अनुसार, निर्माणाधीन घरको तल उनी मृत अवस्थामा भेटिएका हुन् । 

अनुहार चोट देखिएकाले प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको आशंका प्रहरीले गरेको छ ।  निर्माणाधीन घरको तल उनी मृत अवस्थामा भेटिएका हुन् । शव भेटिएलगत्तै प्रहरीको केनाइन शाखाबाट तालिम प्राप्त कुकुरलाई पनि घटनास्थलमा लगिएको छ ।खोटाङ घर भएका घिमिरे सामाखुशीमा बस्दै आएका थिए । घटनास्थलमा प्रहरी खटिएको छ भने थप विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।