काठमाण्डौ  ।   ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक चितवन खैरहनी नगरपालिका–८ बस्ने ३३ वर्षीय प्रविण कुंवर रहेका छन् ।IMG-20240417-WA0001 5

रत्ननगर नगरपालिका–३, शान्तीचोकस्थित पूर्वपश्चिम सडक खण्डमा टांडीबाट खैरहनी तर्फ जाँदै गरेको ना. ३७ प ४९०९ नम्बरको मोटरसाईकललाई ना ४ ख ४१२८ नम्बरको कोक बोक्ने डिब्बा ट्रकले ठक्कर दिंदा गम्भीर घाईते भएका कुंवरको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

OM Sai Pathibhara Hospital

उक्त कोक बोक्ने ट्रक सहित ट्रक चालक चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–११ बस्ने ३८ वर्षीय नवीन उप्रेतीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।