काठमाण्डौ । बागमती नदीमा सुक्खा समयमा बहाव सुनिश्चित गर्न काठमाडौं उपत्यका वरिपरिका स्थानमा जलपुनर्भरण केन्द्र निर्माण गर्ने घोषणा भएको छ ।IMG-20240417-WA0001 5

आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को नीति तथा कार्यक्रम मार्फत सरकारले बागमती नदीमा आवश्यक पूर्वाधार निर्माण गरेर पर्यावरणीय सुधार गर्ने घोषणा गरेको हो।

OM Sai Pathibhara Hospital

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा पेस गरेको नीति तथा कार्यक्रममा फोहोर वर्गीकरणमा प्रोत्साहन गर्ने घोषणा गर्दै बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या समाधान गर्न सरोकारवालाको सहभागितामा अधिकार सम्पन्न संयन्त्र निर्माण गर्ने पनि उल्लेख छ ।Screenshot_2024_0514_225901

शिक्षकहरूले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइको साथ कार्यान्वयन गर्ने भएको छ । सरकारी, सामुदायिक तथा संस्थागत शिक्षालयका प्राध्यापक वा कर्मचारीले राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन गरिने राष्ट्रपति पौडेलले बताए ।

शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावलीमा शिक्षकहरूले कुनै पनि दलको सदस्य हुन नपाउने व्यवस्था गरेको छ । तर, शिक्षकहरू विभिन्न दलको कार्यकारिणी समितिमा, महाधिवेशन प्रतिनिधि, दलको सदस्यता लिने जस्ता कार्यमा संलग्न हुँदै आएका छन् ।

यसलाई निरुत्साहित गर्नका लागि शिक्षा मन्त्रालयले दलको सदस्यता लिएका शिक्षकलाई कारबाही गर्न निर्देशन दिइसकेको छ ।

सोही आधारमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिँदै दलको सदस्यता लिएका शिक्षकहरूमाथि छानबिन गर्न निर्देशन दिइसकेको छ ।

 आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पूर्णपाठ