काठमाण्डौ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीले अब १६ वर्षको जागिर अवधिमै पेन्सनसहित अवकाश पाउने भएका छन् ।IMG-20240417-WA0001 5

मंगलबार राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सेवानिवृत्त हुने अवधि पुनरावलोकन गर्ने उल्लेख गरिएको छ ।

OM Sai Pathibhara Hospital

जसअनुसार न्यूनतम पेन्सन अवधिलाई २० वर्षबाट १८ मा झार्न लागिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्री रवि लामिछानेले नै यससम्बन्धी प्रक्रिया अघि बढाएका छन् ।

नीति तथा कार्यक्रमको बुँदा नम्बर १८० मा भनिएको छ,‘सबै तहका प्रहरी कर्मचारीको सेवानिवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइनेछ ।’

गृह मन्त्रालयका एक अधिकारीका अनुसार यसका लागि कानून संशोधन प्रक्रिया अघि बढीसकेको छ । मन्त्री लामिछानेले पेन्सन अवधिलाई १६ वर्षमा झारिने प्रतिबद्धता यसअघि नै व्यक्त गरिसकेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका तल्लो तहका कर्मचारीले यस्तो माग राख्दै आएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा १६ वर्षमै पेन्सन सुविधा दिन माग हुँदै आएको छ । दुवै प्रहरीको ऐन संशोधन गरी यस्तो व्यवस्था गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । सरकारले प्रहरी कर्मचारीको सेवा निवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाउने भएको छ ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन् । उनले सबै तहका प्रहरी कर्मचारीको सेवा निवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने बताए। राष्ट्रपति पौडेलले सुरक्षा निकायलाई भौतिक पूर्वाधार, उपकरण, बन्दोबस्ती, प्रविधिजस्ता क्षेत्रमा स्रोत, साधन सम्पन्न तुल्याइ आन्तरिक सुरक्षा व्यवस्थालाई भरपर्दो र विश्वसनीय बनाइने पनि बताए ।

त्यस्तै कमजोर अवस्थाका र राज्यले सुरक्षा गर्नुपर्ने वर्गलाई सुरक्षा अनुभुति दिलाउने प्रबन्ध गरिने पनि उनले बताए । त्यसैगरी अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सुदृढ बनाइ सीमापार अपराध र राजश्व चुहावट नियन्त्रण गरिने सरकारको नीति कार्यक्रममा उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा कमजोर अवस्थाका र राज्यले सुरक्षा गर्नुपर्ने वर्गलाई सुरक्षा अनुभुति दिलाउने प्रबन्ध गरेको छ ।