काठमाण्डौ । पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ठगी प्रकरणमा संलग्न भएको आरोपमा आठजना पक्राउ परेका छन् ।IMG-20240417-WA0001 5

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो सहकारीका वर्तमान अध्यक्षसहित आठजनालाई मंगलबार पोखराका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

OM Sai Pathibhara Hospital

सो सहकारीबाट एक अर्ब ५४ करोड १५ लाख आठ हजार १४२ रुपैयाँ ८५ पैसा रकम अपचलन तथा हिनामिना भएको थियो ।

पक्राउ पर्नेमा प्राइमका वर्तमान अध्यक्ष शंकर कार्की, निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइरालासहित कर्जा अधिकृत सुनिल थापा, व्यवस्थापक निरु थापा केसी, कर्मचारी प्रमुख सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई र सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङ छन् ।प्रहरीले पीडितबचतकर्तालाई जेठ २० गतेभित्र उजुरी दिन पनि सूचना जारी गरेको छ ।Screenshot_2024_0514_225240

पोखराको प्राइम सहकारीमा पनि ठुलो रकम हिनामिना भएको भेटिएको छ ।जिल्ला प्रहरी कार्यालय, कास्कीले एक सूचना जारी गर्दै सहकारीका सञ्चालक तथा पदाधिकारीले बचतकर्ताको बचत फिर्ता नगरी हिनामिना गरेको भन्दै जेठ २० गतेभित्र उजुरी दिन प्रहरीले आग्रह गरेको हो।

सहकारी रजिस्ट्रारको कार्यालयले गरेको छानबिनपछि प्रहरीमा बुझाइएको रिपोर्टमा हिनामिना भएको औँल्याइएको छ।सहकारीका २ हजार ३ सय बचतकर्ताको १ अर्ब ५७ करोड भन्दा बढी रकम हिनामिना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

यद्यपि विवरणहरू सार्वजनिक गरिएको छैन । छानबिनका क्रममा ५५ जनाभन्दा बढी दोषी देखिएका छन् ।बचतकर्ताको बचत हिनामिना गरेको भन्दै प्रदेश सहकारी रजिष्टारको कार्यालय, गण्डकीले मंगलबारमात्रै प्रहरीलाई पत्र पठाएको थियो ।

पत्र आउनेबित्तिकै आफूहरुले अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।