मोरङ  ।  झापा, मोरङ र ताप्लेजुङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।IMG-20240417-WA0001 4

आइतबार बेलुका साढे ६ बजे ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिका-१ स्थितमा प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०३-००१ प ३२६१ नम्बरको स्कुटरलाई शंका लागि चेकजाँच गर्दा स्कुटर चालक फुङलिङ-३ का ३० बर्षीय सुवास चन्द्र दाहाल र स्कुटर पछाडी सवार २५ बर्षीय योगेश भारतीको साथबाट ४ ग्राम ४० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

मोरङको बिराटनगर-१६ हुलास चौकबाट पैदल यात्री इटहरी-१६ का ३१ बर्षीय मिलन तामाङलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको टोलीले १ ग्राम ५८ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने झापाको बिर्तामोड नगरपालिका-३ स्थित डेरा गरी बस्ने बिर्तामोड-४ का ३६ बर्षीय रबि दास र १९ बर्षीया आयुसा भुजेललाई प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले ६९ ग्राम ६२० मिलिग्राम लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।