काठमाण्डौ  । अवैध बाटोबाट अमेरिका पठाउने भनेर ठग्ने गिरोहका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले यस प्रकरणमा थप तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।IMG-20240326-WA0000(1) 2


OM Sai Pathibhara Hospital

पक्राउ पर्नेमा ओखलढुंगाका ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँका ४८ वर्षीय जंगबहादुर विक र ४६ वर्षीय विष्णुबहादुर बराली छन्।यसमा जगतबहादुर मुख्य आरोपी रहेको प्रहरीले जनाएको छ।उनीहरूले विभिन्न व्यक्तिहरूलाई अवैध बाटो हुँदै अमेरिका पुर्‍याइदिने भनेर ठगी गरेको आरोप छ। यस प्रकरणमा गत २८ गते तीन जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।


एजेन्ट पक्राउ परेसँगै कार्यालयको टोलीले जगतसहित तीन जनालाई कञ्चनपुर गड्डा चौकीबाट पक्राउ गरेको हो।प्रहरीका अनुसार उनीहरूले अमेरिका पठाउने भनेर ठगी गर्न भारतमै बसेर काम गर्थे। उनीहरूले २५ जनालाई नेपाल हुँदै दुबई र त्यहाँबाट केन्याबाट अमेरिका पुर्‍याउने भनेर ठगी गरेको प्रहरीले जनाएको छ।कार्यालय प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार यस प्रकरणमा आरोपीहरूले पीडितलाई जेल बस्नकै लागि प्रोत्साहन समेत गरेको पाइएको छ।


अमेरिका पुर्‍याउन उनीहरूले ब्राजिल, कोलोम्बिया, मेक्सिको लगायतको रूटबाट प्रयोग गर्ने गरेको खुलेको हो। यो गिरोहले केन्याबाट उद्धार भई फर्किएका १० जनाबाट ५ करोड बढी र थप १५ जनाबाट ७ करोड बढी रकम ठगेको आरोप छ।यसबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।