काठमाण्डौ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो १०० ग्राम सुनसहित  दुई जना भारतीय नागरिक ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन पक्राउ परेका छन् । आइतबार विमानस्थल प्रहरीले चेक गर्ने क्रममा उनीहरुलाई सुनसहित पक्राउ परेका हुन ।IMG-20240326-WA0000(1) 2

फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को विमानबाट उनीहरु बेलुका  ६:४५ बजे काठमाडौंमा ओर्लिएका थिए । भन्सार चेकिङबाट स्वागतद्वार नजिक शंकास्पद अवस्थामा फेला पारी उनिहरुलाइ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

पक्राउ परेका सुरेश कुमार र मोहन कुमारले लगाएको टी–सर्ट, पेन्टी र जिन्स पाइन्टमा लेपन गरिएको अवस्थामा सुन बरामद भएको थियो । सुरेश कुमारबाट बरामद सुन कपडासहित २ किलो ६०० ग्राम र मोहन कुमारबाट बरामद भएको सुन कपडासहित २ किलो ५०० ग्राम रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिएका छन ।Screenshot_2024_0513_122338