काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । जसका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही गण्डकी प्रदेशका केही स्थान साथै बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का देखी मध्यम वर्षा भइरहेको छ । बाँकी भू–भागमा भने आंशिक बदली देखी मौसम मुख्यतया मौसम सफा रहेको छ ।IMG-20240417-WA0001 3

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने बाँकी प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने बाँकी प्रदेशका एक-दुई स्थानमा पनि मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा हुनसक्छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।