हेटौंडा  । मकवानपुरको हेटौंडा उमहानगरपालिका वडा नं.१० बसपार्कमा शनिबार बिहान आयुष कुवरमाथि खुकुरी प्रहार भएको छ ।IMG-20240326-WA0001 2

हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडी घर भई हाल हेटौंडा–११ थानाभर्‍याङ डेरा गरी बस्ने बर्ष २० को समिर थिङ र १८ बर्षीय पञ्च बहादुर तामाङले जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१६ महेन्द्रनगर बस्ने बर्ष १९ को आयुष कुँवरमाथि खुकुरी प्रहार गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार खुकुरी प्रहारबाट कुँवरको टाउको, गर्दन र दाहिने हातको कान्छि औलामा चोट लागेको छ । उनको उपचारको लागि हेटौडा अस्पतालमा पठाईएको थियो । त्यहाँ उपचार संभव नभएपछि शनिबार बिहान चुरेहिल अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुबै जनालाई खुकुरी सहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरले कारवाही प्रक्रिया अगाडी बढाएको बताईएको छ ।