मोरङ । मोरङको रतुवामाई नगरपालिका- ६ स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।IMG-20240326-WA0001 2

शुक्रबार बेलुका ६:३० बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पैदल यात्री देश भारत अररियाका ३४ बर्षीय फिरोज सिद्दकीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसगुर ४ ग्राम २९० मिलिग्राम र नगद ४३ हजार ५०० रुपैँया बरामद गरेसगै पक्राउ गरेको हो । 

पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।