काठमाण्डौ  । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१ चौकीटोलबाट लागुऔषध सहित दुई युवतीसहित ४ जना पक्राउ परेका छन् ।IMG-20240417-WA0001 4

पक्राउ पर्नेमा बकैया गाउँपालिका वडा नं.६ घर भई हाल हेटौंडा बस्दै आएकी २२ बर्षीया अंजली घलान, हेटौंडा४ बस्ने २१ बर्षीया अभिषेक थापा, सोही स्थान बस्ने २७ बर्षीय बिवेक थापा र हेटौंडा उपमहानगरपालिका–९ बस्ने २५ बर्षीया निशा योम्जन रहेका छन् ।

OM Sai Pathibhara Hospital

विशेष सुचनाको आधारमा प्रहरीले घलानको डेरा कोठामा खान तलासी गर्दा १ ग्राम २०० मिलिग्राम लागुऔषध खैरोहिरोइन बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

उक्त लागुऔषध सहित चारै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट अनुसन्धान भइरहेको छ ।