सुनसरी  ।   भोजपुरमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। घइतेमध्ये चारजना बालबालिकाको अवस्था गम्भीर छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरले दिएको जानकारी अनुसार आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा सोमबार को १ ज २६१७ नम्बरको बोलेरो दुर्घटनामा परेको हो। IMG-20240417-WA0001 3

आमचोकबाट भोजपुरकै पारकुवातर्फ जाँदै बोलेरो दुर्घटना हुँदा आमचोक गाउँपालिका–१० पाङ्चाकी २५ वर्षीया रूना राई र सोही ठाउँकी २६ वर्षीया शान्ति राईको मृत्यु भएको प्रहरीले जनाएको छ। रुनाको घटनास्थलमै र शान्तिको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। 

OM Sai Pathibhara Hospital

घाइते सबैलाई उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बोलेरोमा सवार १४ जनामध्ये १२ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका घाइते भएका सबैको अहिले धरानमै उपचार भइरहेको छ। दुर्घटनामा बोलेरो चालक भोजपुर आमचोक गाउँपालिका–१ का ३६ वर्षीय प्रकाश राई पनि घाइते भएका छन्।