काठमाडौं । अर्घाखाँचीमा आगोमा जलेर एक बालिकाको ज्यान गएको छ। भूमिकास्थान नगरपालिका–५ असुरकोटस्थित सोमबार दिउँसो आगलागी हुँदा जलेर ४ वर्षीया अप्सरा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।IMG-20240417-WA0001 3

असुरकोटको कुंडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी बिकको जलेर मृत्यु भएको हो। अरू सदस्य घरबाहिर रहेको र बालिका घरभित्र रहेको बेला घरमा आगलागी भएको प्रहरीले जनाएको छ।

OM Sai Pathibhara Hospital

आगलागीपछि घरभित्र रहेकी बालिका जलेको अवस्थामा भेटिएकी थिइन्। आगलागीबाट खिमबहादुर बिक र बारबहादुर बिकका दुइटा घर र गोठ जलेर नष्ट भएका छन्।