झापा  ।  झापामा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलाएको छ। सोमबार साँझ झापाको झापा गाउँपालिका–३ कामाटोलीमा प्रहरीले गोली चलाएर झापा गाउँपालिका–४ का २५ वर्षीय सरिफुल आलमलाई नियन्त्रणमा लिएको हो।सोमबार साँझ कामाटोलीस्थित अक्कल बहादुर विश्वकर्माको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको प्रहरीले जनाएको छ।IMG-20240417-WA0001 3

सूचनापश्चात जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट संयुक्त टोली सो घरमा पुगेको थियो। अकस्मात प्रहरी देखेपछि आलमले खुकुरी र दाउ निकालेर प्रहरीमाथि आक्रमण प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।Screenshot_2024_0430_075017

OM Sai Pathibhara Hospital

प्रहरीले चलाएको गोली आलमको बाँया खुट्टाको तिघ्रा र पिँडुलामा लागेको छ। उनलाई नियन्त्रणमा लिइ उपचारका लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको छ ।आलमको साथबाट ११६ ग्राम ६० मिलिग्राम ब्राउनसुगर, दाउ थान १ र खुकुरी थान १ बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।