
मोटरसाईकलमा केरा लिएर बिक्रिको लागि बुटवल जाँदै गरेका बलालको घटनास्थलमै मृत्यु भएको स्थानीय राजेश श्रेष्ठले जानकारी दिए ।
मृतक ४५ वर्षीय बलालको शवलाई पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भईरहेको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ ।






































