काठमाण्डौ  ।  पाल्पाको तिनाउ गाउँपालिका-२ सिसखोलामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दोभान कचल सडक खण्डमा शनिवार भएको दुर्घटनामा मोटरसाइकल चालक रैनादेवी छहरा गाउँपालिका ७ जुठापौवाका जग बहादुर बलालको मृत्यु भएको हो ।IMG-20240326-WA0001 6

मोटरसाईकलमा केरा लिएर बिक्रिको लागि बुटवल जाँदै गरेका बलालको घटनास्थलमै मृत्यु भएको स्थानीय राजेश श्रेष्ठले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

मृतक ४५ वर्षीय बलालको शवलाई पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भईरहेको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ ।