काठमाण्डौ  ।  बागलुङबाट पोखरा जादै गरेको बस शनिवार साँझ पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ ।पोखराको हेम्जामा तनहुँ राईपुरदेखि बाग्लुङ पन्चकोट पुगेर आएको बस डिभाईडरमा ठोकिएर दुर्घटना भएको छ । IMG-20240326-WA0001 6

ग १ ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए । बसमा ३६ जना यात्रु सवार रहेको प्रहरीको बताएको छ ।

OM Sai Pathibhara Hospital

घाइतेहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तनहुँबाट रिजर्भका लागि बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्किने क्रममा साँझ ७:३० बजेतिर दुर्घटनामा परेको थियो ।

घाइतेहरुको विवरण यस्तो छ :-

१.जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. वडा नं. ११ अलैची बस्ने वर्ष ३९ की कमला सिग्देल (दायाँ हातमा चोट)

२.ऐ.ऐ.बस्ने वर्ष ५० की ईन्द्रकला भुजेल (खुट्टामा चोट)

३.ऐ.ऐ.बस्ने वर्ष ७७ की रुपादेवी सिग्देल (छातीमा चोट)

४.ऐ.ऐ.बस्ने वर्ष २५ की प्रमिला सिग्देल (टाउकोमा चोट)

५.ऐ.ऐ.बस्ने वर्ष ४७ की सीता सिग्देल (टाउको र दायाँ कुममा चोट)

६.ऐ.ऐ.बस्ने वर्ष ६३ का लोकनाथ सिग्देल (दायाँ हात र खुट्टामा चोट)

७.ऐ.ऐ.बस्ने वर्ष ५८ की सीता सिग्देल (टाउको र ढाडमा चोट)

८.ऐ.ऐ.बस्ने वर्ष ५८ का खेमनारायण सिग्देल (बायाँ हातमा चोट)

९.ऐ.ऐ.बस्ने वर्ष २२ की स्वस्तिका सिग्देल (दायाँ हातमा चोट)

१०.ऐ.ऐ.बस्ने वर्ष ४८ की शान्ति सिग्देल (घाँटीमा चोट)

११.ऐ.ऐ.बस्ने वर्ष ३० का सागर परियार (घाँटी र ढाडमा चोट)

१२.ऐ.ऐ.बस्ने वर्ष ६० का पूर्णचन्द्र सिग्देल (पेट र दायाँ हातमा चोट)

१३.ऐ.ऐ.बस्ने वर्ष ६१ का राम प्रसाद सिग्देल (दायाँ हातमा चोट)

१४.ऐ.ए.बस्ने वर्ष ५८ की शारदा सिग्देल (दायाँ हातमा चोट)

१५.ऐ.ऐ.बस्ने वर्ष ५७ का अग्नि प्रसाद सिग्देल (दायाँ हात र कम्मरमा चोट)

१६.ऐ.ऐ.बस्ने वर्ष ४७ की लक्ष्मी सिग्देल (टाउको र ढाडमा चोट)

१७.ऐ.ऐ.बस्ने वर्ष ५० की विष्णु सिग्देल (घाँटी र दायाँ खुट्टामा चोट)

१८.ऐ.ऐ.बस्ने वर्ष १८ की अनिषा गौतम (ढाडमा चोट)

१९.ऐ.ऐ.बस्ने वर्ष ४३ की विष्णु गौतम (बायाँ हात, छाती र खुट्टामा चोट)