झापा । इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा मतदाताको उत्साह कम देखिएको छ । शनिवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानका क्रममा इलाम क्षेत्र नम्बर २ मा ५७ प्रतिशत हाराहारी मतदान भएको छ भने बझाङको प्रदेश सभा १ मा ४८ प्रतिशत हाराहारी मतदान भएको छ । IMG-20240326-WA0000(1) 4

मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमै मतदान सकिएको छ। घिमिरेका अनुसार इलाम २ मा १ लाख १५ हजार ८८९ मतदातामध्ये करिब ६६ हजार मत खसेको छ। करिब ५५ प्रतिशत मत खसेको आकलन गरिएको छ।

इलामका एउटा मतदान केन्द्रमा सामान्य विवाद बाहेक अन्य सम्पूर्ण मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना गरिनेछ । सिटी हलमै २ स्थानमा मतगणना गर्ने तयारी गरिएको छ ।FB_IMG_1714216410359

मतगणनाका निम्ति तारजाली लगाउने काम भइसकेको छ । आवश्यक डेस्क, बेन्च, अरू कागजातलगायत सामग्री ल्याउने क्रम जारी छ ।

आजै राति १० बजेभित्र मतपेटिका जिल्ला ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना अघि बढाउने तयारी छ ।